माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा पूर्ण इजलासमा

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेले निष्कासन गरेका १४ सांसदविरुद्धको मुद्दा सुनुवाइका लागि पूर्णइजलासमा पठाउने आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार अब अन्तिम सुुनवाइका लागि २० चैतदेखि पूर्ण इजलास तोकिएको छ […] The post माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा पूर्ण इजलासमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

माधव नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।