जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको जिप दुर्घटनामा थप एक बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुघर्टनामा सख्त घाइतेका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ती बालकको मृत्यु भएको पर्वत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।