फागुन ३०, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ ।
यसमा कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । शेयर खरीद गर्न इच्छुक संस्थापकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनुपर्ने हुन्छ । इच्छुक संस्थापक शेयरधनीले कम्पनीको प्रधान कार्यालय काभ्रेपलाञ्चोकस्थित बनेपामा निवेदन दिनुपर्नेछ ।
उक्त अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई विक्री खुला गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले शेयर संख्या र विक्री गर्ने मूल्य भने खुलाएको छैन ।