काठमाडौं : जापानले कोभिड–१९ विरूद्धको अभियान अझै सफल भई नसकेको भन्दै आगामी मार्च ७ गतेसम्मका लागि देशव्यापी जारी स्वास्थ्य सङ्कटकाललाई बढाएको छ। जापानी प्रधानमन्त्री योशीहिदा सुगाले मङ्गलबार कोविड–१९ महामारीको कारण लगाइँदै आएको सङ्कटकाललाई थप एक महिनाको लागि विस्तार गरेका हुन्। सरकारको कोभिड–१९ कार्यदलको बैठकपछि प्रधानमन्त्रीले भने, “जापानका ११ वटा प्रान्तमध्ये हाल टोकियो र छिमेकी कानागावा, चिबा र सैतामा क्षेत्रका साथै ऐचि, गिफु, ओसाका, क्योटो, ह्योगो र फ