काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट पेश गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आज दुवै सदनको संयुक्त बैठकमा करिब ५ खर्बको घाटा बजेट पेश गरेका हुन्।अर्थमन्त्री शर्माले चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत तथा वित्तिय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशतसहितको बजेट पेश गरे।आम्दानीको पर्याप्त स्रोतबिनै पेश गरिएको यो बजेट ४