कर्णाली प्रदेशसभा बैठक मंगलबार बस्दैछ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनुपर्ने भएकाले प्रदेशसभा बैठक आह्वान गरिएको हो । दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले बैठकमा दलीय धारणा राखिसकेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका रहेको रातोपाटीलाई जानकारी दिए । मुख्यमन्त्री शाहीले बुधबारसम्म जसरी पनि विश्वासको मत लिनैपर्ने हुन्छ । संविधानले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व