१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा २ लाख २५ हजार विद्युत्का ग्राहक थपिएका छन् ।
आर्थिक सर्वेक्षण २०८०/८१ को तथ्यांक अनुसार २०८० को फागुनसम्म विद्युत् उपयोग गर्ने ग्राहकको संख्या ५८ लाख ७३ हजार …
नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकका ग्राहक संख्या ७ लाख पुगेको छ । कम्पनीले मंगलबार ग्राहकको संख्या ७ लाख पुगेको बताएको हो ।कम्पनीले उक्त स्थानमा पुग्न मद्दत गर्ने सबै ग्राहकलाई धन्यवाद समेत दिएको छ । यो सँगै कम्पनीले ’कनेक्टिङ एभ्रिवन, एभ्रिवेर, अल द टाइम’ नारा बोकेको अठोट पूरा भएको जनाएको छ ।कम्पनीले देशको ७३वटै जिल्लामा आफ्नो […]
नेटफ्लिक्सले गत हप्ता सावर्जनिक गरेको आय रिपोर्ट अनुसार दोस्रो त्रैमासिकमा लगभग १० लाख सब्स्क्राइबर (ग्राहक) हरू गुमाएको छ। यो कम्पनीको इतिहासमा नै सबैभन्दा ठूलो ग्राहक क्षयीकरण हो। यद्यपि, नेटफ्लिक्सले अप्रिलमा निकालेको निराशाजनक पहिलो त्रैमासिक प्रतिवेदनले गरेको २० लाखभन्दा धेरै ग्राहक गुमाउने पूर्वानुमानभन्दा निकै कम हो। यसकारण नेटफ्लिक्सले यसलाई ठूलो संकट टरेको रुपमा लिएको छ।…
डिशहोम फाइबरनेटका ग्राहक डेढ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजारमा प्रवेश गरेको डिशहोमले २ वर्षमै १ लाख ५० हजार ग्राहक पुर्याउन सफल भएको हो ।
छिटो , सस्तो र विश्वसनीय इन्टरनेट दिने उद्देश्य अनुसार डिशहोमले देशभर आक्रामक रूपमा फाइबर इन्टरनेट सेवा विस्तार गरिरहेको छ । कम्पनीले १० एमबीपीएसदेखि ६०० एमबीपीएससम्म गतीको इन्टरनेट उपब्ध गराइरहेको छ...
गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ८० लाख ४५ हजार ८४८ पुगेका छन् ।
शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार २०७७ साल फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ८० लाख ४५ हजार ८४८ पुगेका हुन् ।
आर्थिक वर्ष २०७७/७८ मा ६६ लाख ८२ हजार १०१ ग्राहक रहेकोमा चालु आर्थिक वर्षको फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ८० लाख ४५ हजार ८४८ पुगेका...
काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड नाघेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको कम्पनीले जनाएको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० […]
नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड नाघेको छ । चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको टेलिकमले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक गरेको प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अघिल्लो महिना अर्थात २०७८ फाग
वैशाख ७, क्यालिफोर्निया। अमेरिकी प्रविधि तथा मिडिया सेवा प्रदायक कम्पनी नेटफिल्क्सको ग्राहकसंख्या पछिल्लो १० वर्षमा पहिलोपटक घटेको छ।
कम्पनीले सन् २०२२ को पहिलो चौमासिकमा करीब २ लाख ग्राहक गुमाएको प्रतिवेदनमा उल्लेख गरेको छ ।कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत रिड ह्यासटिङ्गले लगानीकर्ताको त्रैमासिक आम्दानी सम्बन्धी एउटा अन्तरवार्तामा सम्भावित परिवर्तनको बारेमा जानकारी गराउँदै आगामी चौमासिकमा प्रयोगकर्ताको संख्या अझ घट्ने बताएका छन् ।
अमेरिका,बेलायतलगायतका मुख्य बजार रहेको देशमा ‘स्ट्रिमिङ कस्ट’ (मूल्य) बढाएपछि नेटफ्लिक्सको ग्राहक संख्या घटेको हो। यस्तै रुस र युक्रेन बीच युद्ध चर्केपछि कम्पनीले रुसमा पनि स्ट्रिमिङ सेवा बन्द गरेको छ ।
यसबाट पनि कम्पनीको ग्राहक संख्यामा कमी आएको छ । रसियामा सेवा बन्द गर्दा ७ लाख ग्राहक प्रभावित भएको बताइएको छ । कम्पनीले सेवाको मूल्य बढाएसँगै अमेरिका र क्यानडाबाट ६ लाख ग्राहकले सेवा नविकरण गरेका छैनन् ।
कम्पनीको ग्राहकसंख्यामा कमी आएपछि मंगलवार शेयरमूल्य पनि १० प्रतिशतले घटेको छ । ग्राहक संख्यामा कमी आएसँगै कम्पनीले विज्ञापनसहितको सस्तो प्याकेज ल्याउने योजना बनाइरहेको छ ।कम्पनीले विज्ञापनसहितको सस्तो मूल्यको प्याकेजले ठूलो संख्याका प्रयोगकर्तामाझ पुग्न सहयोग मिल्ने अपेक्षा गरेको छ ।
कम्पनीले आउने समय थप ग्राहक घट्ने प्रक्षेपण गरेको छ। पासवर्ड शेयरिङका कारण पनि ग्राहक संख्यामा कमी आएको कम्पनीले बताएको छ ।
आगामी जुलाईसम्ममा थप २० लाख ग्राहक घट्ने भनेर कम्पनीले आफ्ना लगानीकर्तालाई सचेत गराइसकेको छ। कोरोना महामारीको समयमा भने नेटफ्लिक्सको ग्राहक संख्या ह्वात्तै बढेको थियो। हाल कम्पनीका २२ करोड ग्राहकहरु रहेका छन्। एजेन्सीहरु
डिशहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ ।
एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाइबरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरूलाई सेवा दिँदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए ।
आउँदो समय ग्राहक संख्या विस्तारसँगै भरपर्दो सेवामा निरन्तरता...