विद्युत सर्ट हुँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीबजारमा रहेको एक पुस्तक पसलमा आगलागी भएको छ । खुदीस्थित मधुराम भण्डारीको घरमा विमल पौडेलको सञ्चालन गरेको स्टेश्नरी पसलमा आगलागी हुँदा २० लाख रूपैयाँ बराबरको क्षति भएको छ । पौडेलले विगत १० वर्षदेखि खुदीमा स्टेश्नरी पसल सञ्चालन गर्दै आएका थिए ।आगलागीबाट पसलमा रहेको स्टेश्नरी सामाग्री साथै कम्प्युटर, ल्यापटप, डिएसएलआर क्यामरा, फोटोकपी, प्रिन्टर, कुर्चीटेवलसहितका सामाग्री जलेको प्रोप्राइटर विमल पौडेलले जानकारी दिए । आगलागीबाट पसलको सामाग्