पुस २६, काठमाडौं । नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंगलवार बुक क्लोज गर्ने भएकाले आज अर्थात् सोमवारसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेशनल माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले माघ ६ गते क्रिक रिसोर्ट धादिङबेशी, धादिङमा आठौं वार्षिक साधारण सभा बोलाएको छ ।
सभाको अन्य प्रस्तावमा अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ती गर्ने रहेको छ ।