सार्वजनिक यातायातका सवारी साधन तीन महिनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेका छन् । व्यवसायीले गुनासो गरेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात सडकमा नगुडेपछि कति ग्यारेजमा थन्किएका छन् त कति सवारी भने ग्यारेजको अभावमा सडक वा खुला स्थानमा राखिएका छन् । ग्यारेज गरिएका साधनका पार्टपुर्जामा धेरै समस्या नभएपनि खुला रुपमा सडक वा अन्य स्थानमा राखिएका सवारीको टायर लगायत पार्टपुर्जा फेर्नुपर्ने अवस्थामा पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिनुभयो ।