भारतीय चर्चित पत्रकार रवीश कुमारले भारतीय मिडियाको प्रभाव नेपालमा पनि पर्ने भएकोले त्यसबाट सचेत रहन आग्रह गरेका छन् । शनिवार काठमाडौंमा हिमाल मिडिया २५ वर्ष पुगेको अवसरमा गरिएको हिमाल मेलामा उनले त्यसतर्फ सचेत गराएका हुन् । सो मेलामा ‘मुक्त आवाज’ शीर्षकको बहसमा पत्रकार कनकमणि दीक्षितसँगको कुराकानीमा उनले भारतीय ‘गोदी मिडिया’ को नेपाल लगायत छिमेकी देशहरुमा प्रभाव पर्ने भएकोले ध्यान दिन आग्रह गरे । उनले भारतको उत्तर प्रदेशमा भएको चुनावमा त्यहाँका दुई ठूला अखबारमा