काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण दर बढेकाले भारतको राजधानी नयाँ दिल्लीमा 'यलाे अलर्ट' जारी गरिएको छ । लगातार तीन दिनसम्म कोरोना भाइरसको सङ्क्रमण दर ० दशमलव ५ प्रतिशतको दरले बढेमा 'यलाे अलर्ट' जारी गरिन्छ ।
आज मङ्गलवार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले 'यलाे अलर्ट' जारी गरिएको घोषणा गर्नुभएको हो । 'यलाे अलर्ट' जारी गरेसँगै अब दिल्लीमा रातिको समयमा कर्फ्यु लगाइएको छ । यस्तै विद्यालय तथा कलेज बन्द हुने भएका छन् । अत्यावश्यक सामानको प...