कोरोना सङ्क्रमण बढ्दै गएपछि दिल्लीमा अप्रिल ३० सम्म रात्रिकालीन कर्फ्यु

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि भारतको राजधानी दिल्लीमा मङ्गलवार (आज) देखि लागू हुने गरी रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ । राति दश बजेदेखि बिहान पाँच बजेसम्मका लागि कर्फ्युको घोषणा गरिएको बीबीसीले जनाएको छ ।  दिल्ली सरकारका अनुसार यो कर्फ्यु अप्रिल ३० सम्म लागू हुनेछ । सोमवार दिल्लीमा तीन हजार पाँच सय ४८ जना कोरोना सङ्क्रमित थपिएका थिए, त्यस्तै १५ जनाको ज्यान गएको थियो । योसँगै दिल्लीमा सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ७९ हजार नौ सय ६२ पुगेको बीबीसीले जनाएको छ । अहिले दिल्लीमा सक्र...