सञ्चारसम्बन्धी ऐनले समेट्न नसकेका विषय

सरकारले सञ्चारमाध्यम तथा पत्रकारको नियमन र अनुगमनलाई व्यवस्थित गर्न आमसञ्चार सम्बन्धी विधेयक र मिडिया काउन्सिल विधेयकको मस्यौदा सार्वजनिक गर्दै त्यसमा सुझावको माग गरेको छ । प्रस्तावित मस्यौदामा रायसुझाव माग गरिए पनि तिनलाई सम्बोधन गरिन्छ कि गरिँदैन भन्न सकिँदैन । तर, अहिले सार्वजनिक मस्यौदाले यस क्षेत्रमा विद्यमान समस्यालाई केही पनि सम्बोधन गर्दैन र त्यसमा नयाँपन पनि खासै देखिँदैन ।  मस्यौदामा आमसञ्चार प्राधिकरण गठन गरिने र त्यसले सबै सञ्चारमाध्यमको दर्ता, इजाजत, अनुगमन र नियमनको काम गर्ने उल्लेख छ । त्यसैगरी मिडिया काउन्सिललाई पत्रकार दर्ता गर्ने, अभिलेख राख्ने, प्रमाणपत्र दिने र आचारसंहिताको अनुगमनको काम गर्ने जिम्मेवारी प्रस्ताव गरिएको छ । प्रस्तावित दुई विधेयकले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, राष्ट्रिय प्रसारण ऐन र नेपाल प्रेस काउन्सिल ऐनलाई विस्थापित गर्नेछ । तर, नयाँ मस्यौदामा प्राय: पुराना कुरा नै छन् । त्यसो हुँदा नयाँ ऐन किन चाहिएको हो स्पष्ट हुँदैन । अहिले जस्तो ऐन बनाउन खोजिएको छ, त्यस्तै ऐन बनाउने हो भने यो नहुँदा के फरक पर्छ र ? नयाँ ऐन ल्याउनुको प्रयोजन नै नयाँ सन्दर्भअनुसार यसलाई व्यवस्थित गर्नु हो । त्यसो हुँदैन र पुरानै कुराको निरन्तरता हुन्छ भने ऐन नयाँ किन आवश्यक पर्‍यो र ? पुराना तीन ऐनलाई विस्थापित गरेर दुई नयाँ ऐन बनाउन लागिएको भए पनि श्रमजीवी पत्रकारसम्बन्धी ऐन भने यथावत् राख्न आँटेको देखिन्छ । आमसञ्चार सम्बन्धमा धेरै कानून हुँदा दोहोरो कानून प्रभावित भई अनेक समस्या आउन सक्छ । यसतर्फ सरकारको ध्यान पुगेको देखिँदैन । त्यस्तै श्रम ऐन नयाँ छ र त्यसमा श्रमिक र रोजगारदाता दुवैलाई चित्तबुझ्दो व्यवस्था छ । तर, श्रमजीवी पत्रकार ऐन पुरानो छ जसले पत्रकारका समस्यालाई मात्रै महत्त्व दिएको छ । श्रम ऐन र श्रमजीवी पत्रकार ऐनमा रहेको अन्तरले मिडिया उद्योगमा समस्या आउने देखिन्छ ।  त्यस्तै मिडिया काउन्सिल र प्राधिकरण गठन गर्दा त्यसमा पत्रकारको पक्षमा धेरै तर मिडिया सञ्चालकको पक्षमा कम व्यवस्था छ । यसले मिडिया हाउस सञ्चालकलाई उपेक्षा गर्न खोजेको देखाउँछ । त्यस्तै प्राधिकरण र काउन्सिलमा पनि मिडिया सञ्चालकको प्रतिनिधित्व छैन भन्दा पनि हुन्छ । पत्रकारहरूमात्रै राखेर बन्ने प्राधिकरण र काउन्सिलले मिडिया क्षेत्रलाई सन्तुलित बनाउन सक्ला ? त्यसैले यसमा संशोधन आवश्यक देखिन्छ ।  प्रस्तावित विधेयकले नयाँ कुरा अघि ल्याउनुपर्नेमा त्यस्तो सोच राखेको पाइँदैन । पुरातनपन्थी सोचले ग्रस्त भएर नयाँ अवधारणा आत्मसात् नगरेको देखिन्छ । नयाँ व्यवस्थामा पत्रपत्रिका दर्ता स्थानीय तहमा गर्ने प्रस्ताव गरिएको छ । यसले नाम जुध्ने, दशतिर दर्ता गर्नुपर्नेलगायतका थुप्रै समस्या आउने देखिन्छ । त्यसो हुँदा किन स्थानीय तहलाई नै यसको जिम्मेवारी दिनुपर्‍यो ? केन्द्रीय दर्ता प्रणालीमै अनलाइनबाट दर्ता गर्ने व्यवस्था किन मिलाउन सकिँदैन ? अहिले कम्पनी दर्ता अनलाइन हुन्छ भने सञ्चारमाध्यमलाई पनि त्यस्तै गर्न सकिन्छ । त्यस्तै मिडियाका लागि राखिएका मापदण्डमा कर अनुपालना लगायतका शर्त थपिनु आवश्यक छ । मस्यौदामा स्वरोजगारमूलक आमसञ्चार संस्था भन्ने व्यवस्था राखिएको छ । यसको औचित्य के हो भन्ने स्पष्ट छैन । यसले यस्ता संस्थाको अनुगमनमा झनै समस्या नआउला भन्न सकिँदैन ।  प्रस्तावित विधेयकले नयाँ कुरा अघि ल्याउनुपर्नेमा त्यस्तो सोच राखेको पाइँदैन । पुरातनपन्थी सोचले ग्रस्त भएर नयाँ अवधारणा आत्मसात् नगरेको देखिन्छ । त्यस्तै पत्रकार आचारसंहिता लागू गर्ने भनिएको छ तर यो लागू गर्नलाई प्रेस काउन्सिलले नसकेको अवस्था छ । त्यस्तै प्रस्तावित मिडिया काउन्सिलले पनि यसो गर्न नसक्ने देखिन्छ । त्यस्तै पत्रपत्रिकामा छापिने व्यक्तिको चरित्रहत्या वा गालीगलोजसम्बन्धी व्यवस्थाका लागि यो कानून आवश्यक देखिँदैन । मुलुकी अपराध संहितामा नै यससम्बन्धी व्यवस्था रहेको छ । बेग्लै कानून आवश्यक देखिँदैन । अहिले बैंकिङ कसूरसम्बन्धी कानूनमा पनि यस्तै दोहोरोपना आएकाले समस्या भएको छ । त्यही समस्या सञ्चार क्षेत्रमा पनि आउने देखिन्छ ।  पत्रपत्रिका दर्ता, वर्गीकरण लगायतका काम अहिले प्रेस काउन्सिलले गरिरहेको छ । अब यही कामका लागि अलग सञ्चार प्राधिकरण आवश्यक छैन । सञ्चारमाध्यममा विदेशी लगानी रोक्ने र एउटै संस्थालाई एकभन्दा बढी माध्यम चलाउन नदिने कुरा पनि पुरातन हो । यसमा बहस आवश्यक छ । तर, सञ्चार क्षेत्रमा हुने लगानीको पारदर्शिताबारे पनि ऐनमा केही राखिनु उपयुक्त देखिन्छ । यी दुवै मस्यौदामा पत्रकार कसलाई मान्ने भन्ने कुरा पनि स्पष्ट पार्नुपर्ने देखिन्छ । कुनै मिडियामा छापिएका कुरामा चित्त नबुझे पहिले सम्बद्ध मिडियामै उजुरी गर्ने र त्यसमा चित्त बुझ्दो समाधान नपाएमात्रै अदालत वा काउन्सिलमा जाने व्यवस्था हुनुपर्छ । काउन्सिल गठनमा अन्तरराष्ट्रिय अभ्यासलाई अनुसरण गरेको देखिँदैन । त्यस्तै प्रेस परिचयपत्र प्रदान गर्ने काम काउन्सिललाई दिइएको छ । यस्तोमा कुनै पत्रकारलाई निलम्बन गर्नुपरे अन्यत्र सिफारिश गर्ने व्यवस्था उपयुक्त देखिन्न । त्यसैले सरोकारवालाहरूबीच पर्याप्त र खुला छलफल गराई सबै पक्षका चासोलाई सम्बोधन गर्ने गरी नयाँ ऐन बनाउनुपर्छ, अन्यथा यसको औचित्य देखिँदैन ।

सम्बन्धित सामग्री

जनार्दनले सम्झिए अर्थमन्त्री हुँदा गर्न नसकेका तीन काम

२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले सरकारमा रहेका मन्त्रीले चाहेर मात्रै पनि धेरै विषय अगाडि बढाउन नसकिने बताएका छन् । सोमबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफूले अर्थमन्त्री हुँदा गर्न नसकेका काम पनि सम्झिए । तरकारीको गुणस्तर जाँच्ने ल्याव बनाउने र धानको बिऊ […]

लामो प्रतीक्षापछि संसदमा ठाकुर गैरे

१० मंसिर, काठमाडौं । राष्ट्रिय राजनीतिमा लोकप्रिय छवि बनाएका ठाकुर गैरेलाई जनताको प्रतिनिधिका रूपमा संसदमा हेर्ने धेरैको चाहना लामो समयदेखि थियो । तर पार्टीभित्रैबाट अवसर पाउन नसकेका गैरे एमालेको आन्तरिक संगठन र युवाहरूमाझ सधैं चर्चाको विषय बनिरहे पनि संसदमा छिर्ने अवसर प्राप्त गरेनन् । लामो प्रतिक्षापछि यसपटक पाल्पा–२ बाट उम्मेदवार बनेका गैरे आफैले निरन्तर चुनाव […]

यी हुन् संविधान र शिक्षा ऐनले समेट्न नसकेका विषय

संघीयताले आकांक्षा बढाएको छ । यो राम्रो हो । तर त्यो आकांक्षालाई व्यवस्थित गर्न हाम्रो राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र दुवैले विकेन्द्रीकरण बुझेको रहेनछ । चाहेको पनि रहेनछ त्यसैले व्यवस्थापन गरेको पाइएन । संघीय शिक्षा ऐन बनेन । नबनेपछि कतै ऐन कतै नियम बनाउन सबैले सिके । तर देश भरि एउटै भएन । त्यसैले यो स्थानीय सरकारलाई […]

कार्यदलमा सहमति जुट्न नसकेका विषय शीर्ष तहबाट टुंगिन्छन्

कार्यदल संयोजकको जिम्मेवारी पाउनुभएको छ, अब कसरी काम थाल्नुहुन्छ ?  हामीले आ–आफ्नो पार्टीमा पनि छलफल गर्नुपर्ने हुन्छ । कार्यदलमा बसेर पनि छलफल गर्नुपर्ने हुन्छ । हतार गरेर पनि निर्णय गर्न सकिँदैन, साह्रै ढिला गर्ने अवस्था...

तनहुँमा पाठ्यपुस्तक अभाव

तनहुँ – नयाँ शैक्षिकसत्र सुरू भएको एक महिना बितिसक्दा पनि तनहुँमा पाठ्यपुस्तकको अभाव कायमै रहँदा विद्यार्थीलाई समस्या भएको छ। सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सहजरूपमा पाठ्यपुस्तक पाउन नसकेका हुन् । विशेषगरी कक्षा ९ र १० को ऐच्छिक विषय अभाव देखिएको छ भने कक्षा ६ र ८ को प्रायः सबै किताब जिल्लामा आइनपुगेको बताइएको छ […]

तनहुँमा अझै पाठ्यपुस्तक अभाव

नयाँ शैक्षिकसत्र सुरू भएको एक महिना बितिसक्दा पनि तनहुँमा पाठ्यपुस्तकको अभाव कायमै रहँदा विद्यार्थीलाई समस्या भएको छ । सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सहज रूपमा पाठ्यपुस्तक पाउन नसकेका हुन् । विशेषगरी कक्षा ९ र १० को ऐच्छिक विषय अभाव देखिएको छ भने कक्षा ६ र ८ को प्रायः सबै किताब जिल्लामा नआएकाे बताइएको छ । अनिवार्य विषय तर्फका मुख्य विषयको पुस्तक पनि जिल्लामा अभाव देखिएको छ । निर्वाचन केन्द्रित अन्य छपाइ तथा कागज अभावका कारण देखाउँदै शिक्षा मन्त्रालयले पाठ्यपुस्तक छपाइमा सम

अघिल्लो वाचा पूरा गर्न नसकेका सरावगी भन्छन् : अब ग्रेटर वीरगंज बनाउँछु

वीरगंज : मधेश प्रदेशको एकमात्र महानगरपालिका हो आर्थिक नगरी वीरगंज। अहिले राजनीतिक दलहरु स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा केन्द्रित छन्। वीरगंज महानगरमा स्थानीय सरकारको नेतृत्व लिन दलहरु मतदाता रिझाउन व्यस्त छन्। पूर्वाधार विकासका वाचादेखि शिक्षा, स्वास्थ्य लगायतका विषय दलहरुको प्राथमिकतामा छ।  वीरगंज महानगर प्रमुखका लागि नेकपा एमालेबाट निवर्तमान प्रमुख विजयकुमार सरावगी…

‘संसद् अवरुद्ध हुँदा राष्ट्रिय महत्त्वका विषय ओझेलमा परे’

ताप्लेजुङ । नेपाली काँग्रेसका सह महामन्त्री भीष्मराज आङ्देम्बेले लामो समयदेखि संसद् अवरुद्ध भइरहेकाले कतिपय महत्त्वपूर्ण काम अघि बढ्न नसकेको बताएका छन् । उनले संसद् अवरुद्ध हुँदा केही महत्त्वपूर्ण विधेयक पारित हुन नसकेका साथै विकास निर्माणका विषय पनि ओझेलमा परेको बताए । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद्मार्फत सम्बोधन हुनुपर्ने […]

विद्यार्थी खोज्दै विद्यालय

कोरोना भाइरस सङ्क्रमणका कारण कक्षामा नियमित रूपमा उपस्थित हुन नसकेका विद्यार्थीको कसरी खोजी गर्ने भन्ने नै अहिले सरोकारवालाको मुख्य समस्याको विषय बनेको छ ।

विद्यार्थी खोज्दै विद्यालय

कोरोना भाइरस सङ्क्रमणका कारण कक्षामा नियमित रूपमा उपस्थित हुन नसकेका विद्यार्थीको कसरी खोजी गर्ने भन्ने नै अहिले सरोकारवालाको मुख्य समस्याको विषय बनेको छ । अनलाइन कक्षाका साथै भौतिक रूपमै पढाइ सुुरु भएपछि पनि कमै मात्र विद्यार्थी कक्षामा उपस्थित भएका छन् ।उपत्यकाका धेरै सार्वजनिक विद्यालयमा ३० प्रतिशतको हाराहारीमा विद्यार्थी अनलाइन कक्षामा अनुपस्थित रहेपछि आफ्ना विद्यार्थीको खोजी कसरी गर्ने भन्नेमा अहिले धेरैलाई चिन्ताको विषय बन्न पुगेको छ । कक्षामा विशेष गरी छात्राहरू बढी नियमित पठनपाठनमा छुटेक