हेपाइमा परेको राष्ट्रिय खेलः कार्यलयविहीन संघ, छैन आफ्नै कभर्ड हल
फाइनलमा भारतसँग ५ सेट खेलेर हारेको नेपाली टोलीले यतिबेला सम्मान थापिरहेको छ । भलिबल संघकै पनि प्रशंसा भइरहेको छ । तर, भलिबल संघका महासचिव श्रेष्ठ आफ्नो संघका लागि बस्ने ठाउँसमेत नभएको गुनासो गर्छन् ।
७ चैत, काठमाडौं । २०७४ जेठमा सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछि धेरैको आशा थियो अब भलिबलका पूर्वाधार बन्छन् र खेलकुद गतिविधि पनि बढ्छन् । तर, राष्ट्रिय खेलको मान्यता पाएको ७ वर्षसम्म भलिबलको अवस्थामा खासै सुधार भएको छैन । भलिबल इन्डोर खेल हो, तर देशभर यो खेल आउटडोरमा हुन्छ । आउटडोरमा खेलाडीलाई चोटको जोखिम धेरै […]
१० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गरी निर्माण गर्न लागिएको कालीकोट र जाजरकोटको कभर्ड हल निर्माण कार्य बजेट अपुग हुँदा अघि बढ्न सकेको छैन। तीन वर्षअघि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको कालीकोटस्थित कभर्ड हल निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ मा कभर्ड हल निर्माणका लागि प्रदेश सरकारले ५० लाख र सङ्घीय सरकारले ६० लाख बजेट विनियोजन गरेको छ। १४ करोड रुपियाँ लागत अनुमान रहेको परियोजनाको डिपिआर आव २०७७/७८ मा तयार गरिएको थियो।
जुम्लामा बहुउद्देश्यीय कभर्ड हल निर्माण भएको छ । २०६४ सालदेखि निर्माण सुरु भएको कभर्ड हाल करिब दुई दशकपछि निर्माण सम्पन्न भएको हो । कभर्ड हल शिलान्यासका लागि राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव जीवनराम श्रेष्ठले शिलान्यास गरेका थिए । शिलान्याससँंगै ०६४ मंसिर २७ देखि १५ लाख लगानीबाट कभर्ड हल निर्माण सुरु भएको जिल्ला खेलकुद विकास […]
जुम्लामा बहुउद्देश्यीय कबर्ड हल उद्घाटन गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले कबर्ड हलको उद्घाटन गरेका हुन्।
जिल्ला खेलकुद विकास समितिले २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहसँग जुम्लामा कबर्ड...
३ कात्तिक, गलकोट । लामो समयको प्रयासमा निर्माण गरिएको बागलुङको बाङ्गेचौरस्थित कभर्डहलमा नवौं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिताका लागि पर्याप्त आवश्यक पूर्वाधार थिएन । सानो कभर्डहल, बाहिरी संरचना अस्तव्यस्त, टिनको छानोमुनी खेल आयोजना गर्न निकै कठिन र चुनौतीपूर्णनै थियो । विद्युत्, खानेपानी तथा शौचालयको व्यवस्थापन नभएको सो हल तीन दिनमै चिटिक्क पर्यो । हलको रातारात मर्मत […]
गलकोट, ३ कात्तिक । लामो समयको प्रयासमा निर्माण गरिएको बागलुङको बाङ्गेचौरस्थित कभर्डहलमा नवौंँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताका लागि पर्याप्त आवश्यक पूर्वाधार थिएन । सानो कभर्डहल, बाहिरी संरचना अस्तव्यस्त, टिनको छानोमुनी खेल आयोजना गर्न निकै कठिन र चुनौतीपूर्णनै थियो । विद्युत्, खानेपानी तथा शौचालयको व्यवस्थापन नभएको सो हल तीन दिनमै चिटिक्क प¥यो । हलको रातारात मर्मत […]
२५ जेठ, काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको पूर्वाधारका लागि सरकारले १ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९-८० को बजेटमा भलिबलको कभर्ड हल निर्माण गर्न १ करोड बजेट छुट्याइएको छ । अर्थमन्त्रीको बजेट भाषणमा क्रिकेटको विधिन्न पूर्वाधारको शीर्षका बजेट विनियोजन भएको जानकारी गराएको भए पनि भलिबलको लागि छुट्टै उल्लेख थिएन । त्यतिबेला भने […]
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चासँगै पूर्वाधार निर्माण र मर्मत सम्भारको आवाज उठिरहँदा लेखनाथको भण्डारढीक रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमाथि भने कसैको आखाँ पर्न सकेको छैन्।...
रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा निर्माण शुरू भएको ७ वर्षपछि कभर्ड हलको काम सम्पन्न हुने भएको छ । जिल्लाको मुसीकोट नगरपालिका–१ खलंगामा निर्माणाधीन कभर्ड हलको अधिकांश काम यसअघि नै सम्पन्न भए पनि घेरबार लगायत काम बाँकी थियो ।
प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको पूर्वाधार क्षेत्र विकास कार्यक्रमबाट २० लाख रुपैयाँ विनियोजन भई अहिले कभर्ड हलको बाँकी काम गरिएको निर्माण समितिका अध्यक्ष अनिल बुढामगरले बताए । ‘खुला रूपमा रहेको कभर्ड हललाई चारैतिरबाट घेराबार गरिँदै छ,’ अध्यक्ष बुढामगरले भने, ‘चार भागमध्ये तीन भागमा जस्ताले बारेर एक भागमा इँटाको पर्खाल लगाउने काम लगभग सकिएको छ ।’ निषेधाज्ञाको समयमा पनि स्वास्थ्य मापदण्ड अपनाएर काम भएकाले छिट्टै सम्पन्न हुने उनले बताए ।
कभर्ड हलको निर्माण २०७० सालमा शुरू भएको थियो । जिल्ला खेलकुद विकास समिति रुकुमको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ७४ लाख १६ हजार आर्थिक सहयोग रहेको कभर्ड हल निर्माणको जिम्मा दिवा निर्माण प्रालि ललितपुरले लिएको थियो । बजेट सकिए पनि काम नसकिएपछि अहिले विनियोजित २० लाख बजेटबाट निर्माण अघि बढाइएको हो ।
इन्डोर खेलहरू सञ्चालन र प्रशिक्षण सहज बनाउने उद्देश्यले कभर्ड हल निर्माण शुरू गरिए पनि वर्षौंसम्म निर्माण पूरा नहुँदा खेलकुदका गतिविधि हुन सकेको थिएनन् । प्रयोगमै नआई कभर्ड हल जीर्ण बन्दै गएको थियो । लामो समयपछि निर्माण सम्पन्न हुने भएपछि खेलाडीका साथै प्रशिक्षकहरू उत्साहित भएका छन् ।