शाखा अधिकृत बढुवाका लागि ८० जनाको नाम सिफारिस

काठमाडौँ । ८० जना नायब सुब्बाहरूलाई शाखा अधिकृतमा बढुवाका लागि सिफारिस गरिएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिको सचिवालयले सामान्य प्रशासन समूह र लेखा समूहका ३६–३६ जना र राजश्व समूहका ८ गरी ८० जनालाई राजपत्रअनंकित प्रथम श्रेणी(नायब सुब्बा)बाट राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)मा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि […]

सम्बन्धित सामग्री

उपसचिव बढुवाका लागि ३० जनाको नाम सिफारिस

काठमाडौँ । तीस जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिको बुधवार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो । कार्यक्षमताको आधारमा हुने बढुवाका लागि सिफारिस अधिकृतहरू नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहका हुन् ।

उपसचिवमा बढुवाका लागि ३० जनाको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल सरकारका शाखा अधिकृत सरहका ३० जना कर्मचारी उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा ३० जनाको नाम बढुवाका लागि सरकारलाई सिफारिस गरेको हो । ३० जना उपसचिवमा बढुवाका लागि नेपाल प्रशासन सेवाका २ सय ८४ जना शाखा अधिकृतले दरखास्त दिएका थिए । जसमध्येबाट २ […]

शाखा अधिकृतमा एकैपटक स्याङ्जाका ३४ र गुल्मीका २७ जना‍ सिफारिस

निजामती सेवामा खुला प्रतिस्पर्धाबाट छनोट गरिने निजामती सेवा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा एकैपटक स्याङ्जाका ३४ र गुल्मीका २७ जनाको नाम सिफारिस भएको छ । आयोगले आइतबार प्रकाशित गरेको पदपूर्तिसम्बन्धी नतिजाअनुसार प्रशासन, लेखा, लेखापरीक्षण, राजस्व र संसद् सेवा समूहका चार सय ८५ जना अधिकृत उत्तीर्ण भएकामध्ये सबैभन्दा धेरै स्याङ्जाका ३४ र गुल्मीका २७ जना उत्तीर्ण भएका हुन् । आयोगका अनुसार अहिले अर्घाखाँचीका १८ र पाल्पाका १० जना सिफारिसमा परेका छन् । उत्तीर्ण संख्याका हिसाबले अर्घाखाँची तेस्रोमा छ ।

सङ्घीय संसद् सचिवालयमा अधिकृत बढुवाका लागि ११ जनाको नाम सिफारिस

काठमाडौँ । सङ्घीय संसद् सेवा सामान्य प्रशासन समूह राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत पदमा बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ । बढुवा समितिको निर्णय अनुसार सचिवालयमा रिक्त रहेका ६ पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा गर्न ११ जनाको नाम सिफारिस गरिएको हो । सिफारिस नामावली :