निजामती सेवामा खुला प्रतिस्पर्धाबाट छनोट गरिने निजामती सेवा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा एकैपटक स्याङ्जाका ३४ र गुल्मीका २७ जनाको नाम सिफारिस भएको छ । आयोगले आइतबार प्रकाशित गरेको पदपूर्तिसम्बन्धी नतिजाअनुसार प्रशासन, लेखा, लेखापरीक्षण, राजस्व र संसद् सेवा समूहका चार सय ८५ जना अधिकृत उत्तीर्ण भएकामध्ये सबैभन्दा धेरै स्याङ्जाका ३४ र गुल्मीका २७ जना उत्तीर्ण भएका हुन् । आयोगका अनुसार अहिले अर्घाखाँचीका १८ र पाल्पाका १० जना सिफारिसमा परेका छन् । उत्तीर्ण संख्याका हिसाबले अर्घाखाँची तेस्रोमा छ ।