९ महिनामा खुले झण्डै १६ सय नयाँ खाद्य उद्योग

२६ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा झण्डै १ हजार ६ सयभन्दा बढी खाद्य उद्योग स्थापना भएका छन् । खाद्य परिकारको उत्पादन, वितरण र प्याकेजिङ गर्ने १६ सय २१ वटा उद्योगले नयाँ स्थापनाका लागि विभागबाट सिफारिस पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । जसमध्ये २६७ नयाँ उद्योगको सिफारिस पछिल्लो तीन […]

सम्बन्धित सामग्री

अखाद्य वस्तु मिसावट भएको चामल खाँदै उपभोक्ता

जिल्ला प्रशासन कार्यालय नवलपुरको अगुवाइमा तीन हप्ताअघि असोज २३ गते जिल्लाका विभिन्न पसलको अनुगमन गरियो । समीक्षा इन्टरप्राइजेज कावासोतीमा अनुगमनपछि पवलपुत्र खाद्य उद्योग प्रालि वीरगन्जले उत्पादन गरेको एप्पल ब्रान्डको सोना मन्सुली चामलमा अखाद्य वस्तु मिसावट भएको भन्दै बिक्रीवितरणमा प्रतिबन्ध लगाइयो । प्रतिबन्धपछि समीक्षा इन्टरप्राइजेजमा रहेका पाँच सय ७७ बोरा चामल गोदाममै थन्किएका छन् । चामलमा अखाद्य वस्तुको मिसावट भएको हो/होइन अझै यकिन भइसकेको छैन । चामलको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँमा नमुना पठाएको २२ दिन भइसकेको छ । २२ दिनसम्म पनि परीक्षणको रिपोर्ट नआएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख नगेन्द्र पौडेलले बताउनुभयो ।

भन्सार छलेर ल्याएको ४ सय २० बोरा चिनी प्रहरीले बरामद गर्‍यो

चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिका-६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो। १८ लाख ६९ हजार रुपैयाँ बराबरको…

विश्व बजारमा गहुँको मूल्य उच्च

काठमाडौं । भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै विश्व बजारमा गहुँको मूल्य उच्च दरले बढेको छ । नेपाली किसान भने सस्तो मूल्यमा गहुँ विक्री गर्न बाध्य छन् । सरकारले सही समयमा समर्थन मूल्य नतोक्ने र व्यापारीले किसानका उत्पादनको मूल्य आफूखुशी तोक्ने परिपाटीका कारण विश्व बजारमा मूल्य आकाशिँदा पनि नेपाली किसानले सस्तैमा बेच्नु परेको हो । भारतले गत शुक्रवारदेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । अन्तरराष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्व बजारमा गहुँको मूल्य उच्च दरमा बढेको छ । यस वर्ष अन्तरराष्ट्रिय बजारमा गहुँको मूल्य ६० प्रतिशतसम्मले बढेको बताइएको छ । भारतमा पनि २८ सय ८० रुपैयाँ क्वीन्टल पर्ने गहुँको पिठोको मूल्य बढेर अहिले करीब ३३ सय रुपैयाँ पुगेको व्यापारी बताउँछन् । विश्व बजारमा जति नै मूल्य बढे पनि नेपाली किसानले त्यसको लाभ पाउन सकेका छैनन् । सरकारले समर्थन मूल्य तोक्नुअघि नै तराईका कतिपय जिल्लाका किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा प्रतिक्वीन्टल ४ सय रुपैयाँ कममा गहुँ बेचिसकेका छन् । सरकारले निकै ढिलो गरेर गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १ सय ६५ रुपैयाँ तोकेको छ । किसानले यो मूल्यसमेत पाउन सकेका छैनन् । अहिले पनि सुनसरी, सिराहा, रौतहटलगायत जिल्लाका किसानले प्रतिक्वीन्टल २ हजार ८ सय रुपैयाँका दरले गहुँ  बेचिरहेका छन् । ‘यी जिल्लाबाट सरकारले गहुँ किन्दैन । हामीले व्यापारीलाई २ हजार ८ सय रुपैयाँमा बेचेको गहुँ आजभोलि व्यापारीले मैदा उद्योगीलाई ३ हजार ६ सय रुपैयाँ क्वीन्टलमा बेच्दै छन् । मैदा उद्योगीले सीधै हामीसँग गहुँ किन्दैनन्, जसले गर्दा हामी नाफा जति सबै बिचौलियाको हातमा पुगेको टुलुटुलु हेरेर बस्न बाध्य छौं,’ सुनसरीका अगुवा किसान भुवनेश्वर यादवले भने । बाँके, बर्दिया र कैलालीका किसानले यसअघि नै प्रतिक्वीन्टल २ हजार ८ सय रुपैयाँका दरले व्यापारीलाई गहुँ बेचिसकेका छन् । किसानले बेचिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ती जिल्लामा गहुँ किन्न थालेको छ । किसानले गहुँ बेचिसकेकाले खाद्यका खरीद केन्द्रहरू सुनसान छन् । बर्दियाको राजापुरमा १ सय १२ क्वीन्टल गहुँ किनेको छ । त्यसबाहेक अरू खरीद केन्द्रले गहुँ किन्न नसकेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले बताइन् । लहानका अगुवा किसान चन्द्रकान्त यादवले २५ क्वीन्टल गहुँ २ हजार ८ सय रुपैयाँका दरले स्थानीय व्यापारीलाई बेचेको बताए । ‘अहिले मूल्य बढ्यो भन्ने सुनिन्छ । हामीले त सरकारले तोकेको मूल्यमा पनि बेच्न पाएनौं । हामीले बेचिसकेपछि लहानमा खाद्यले गहुँ किन्न शुरू गर्‍यो । खाद्यकै मूल्यमा बेच्न पाए पनि केही राहत हुन्थ्यो । अब त व्यापारीले फाइदा कमाउने हो,’ उनले आर्थिक अभियानसँग कुराकानीका क्रममा भने । किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउनु दीर्घकालीन समस्या भइसकेको कृषि अभियन्ता बताउँछन् । राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालले किसानलाई व्यापारीबाट ठगिन नदिन सरकारले समर्थन मूल्यको अवधारणा लागू गरे पनि सरकारकै कमजोरीले कार्यान्वयनमा चुनौती देखिएको बताए । ‘अन्तरराष्ट्रिय बजारमा मूल्य बढिरहेका बेला नेपाली किसानले थोरैमा बेच्नुपर्ने अवस्था लाजमर्दो हो,’ उनले भने । यसतर्फ सबैले ध्यान दिनु जरुरी रहेको उनको भनाइ छ । २१ हजार क्वीन्टल आँटा/मैदा मौज्दात सरकारी अनुदानको आँटा तथा मैदा किनबेचको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग २१ हजार क्वीन्टल आँटा र मैदा मौज्दात छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर रहेको हेटौंडास्थित नेपाल खाद्य उद्योग लिमिटेडले चालू आर्थिक वर्षमा ७५ हजार क्वीन्टल आँटा र मैदा उत्पादन गरेको थियो । यसमध्ये ५४ हजार क्वीन्टल विक्री भएर २१ हजार क्वीन्टल बाँकी रहेको साल्ट ट्रेडिङको भनाइ छ । साल्ट ट्रेडिङसँग भएको मौज्दातले बजार मागअनुसार बेच्ने हो भने १ दिनलाई पनि पुग्दैन । तर, बजारको अनियन्त्रित मूल्यवृद्धि रोक्न मात्र यसलाई खुद्रामा बेच्ने गरेको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए । व्यापारी भने सरकारसँग मौज्दात नभए पनि बजारमा मैदा, आँटालगायत वस्तुको अभाव नभएको दाबी गर्दै तत्कालै अभाव भइहाल्ने र मूल्य बढ्ने सम्भावना नरहेको बताउँछन् । लामो समयसम्म यही अवस्था रहिरहेमा बिस्कुट, चाउचाउ, पास्तालगायत वस्तुको मूल्यमा असर पर्ने सम्भावना भने प्रबल देखिएको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले जानकारी दिए । उनका अनुसार खुद्रा तथा थोक व्यापारीसँग करीब २/३ महीनालाई पुग्ने पुरानै सामान मौज्दात रहेकाले तत्काल मूल्य बढ्ने सम्भावना छैन ।

कर्णालीका ३ सय ६८ उद्योग, पसलमा अनुगमन

वीरेन्द्रनगरमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सुर्खेतसहित दैलेख, जाजरकोट लगायतका जिल्लाहरुमा उपभोक्ताहरु प्रत्यक्ष जोडिने ३ सय ६८ उद्योग, पसल, होटल लगायतमा अनुगमन गरेको छ। कार्यालयका अनुसार खाद्य उद्योग, सुपरमार्केट, होटल, रेष्टुरेन्ट, ...

प्रशोधित पानी सबैभन्दा गुणस्तरहिनः विभाग

काठमाडौं, साउन १४ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको पिउने पानी न्यून गुणस्तर रहेको भेटिएको जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको वार्षिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा २८ सय ३४ वटाको खाद्य उद्योग तथा बजार अनुगमन गरेको गरेकामा सबैभन्दा बढी १६ प्रतिशत पिउने पानी गुणस्तरहिन […]

चितवनमा २२ करोड लगानीमा खुल्यो खाद्य उद्योग

चितवन । चितवनको भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मीपुरमा अत्याधुनिक प्रविधिको खाद्य उद्योग स्थापना भएको छ । मनकामना ग्रुपद्वारा सञ्चालनमा आएको दरबार फुड इन्डस्ट्रिजबाट हाल ‘मेहक’ ब्रान्डका  १६ थरीका मसला उत्पादन सुरु भएको छ । स्वदेशमै गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले उद्योग स्थापना गरिएको मनकामना ग्रुपले जानकारी दिएको छ । मसलालगायत अन्य खाद्यवस्तुको उत्पादन सुरु गर्दासम्म २२ करोड लगानी अनुमान गरिएको यो उद्योग ९ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । निशेधाज्ञाको समय मसलाजन्य उत्पादन सुरु गरिएकामा अन्य उत्पादन निषेधाज्ञापछि थालिने ग्रुपका अध्यक्ष लक्ष्मण अर्यालले जानकारी दिए । ‘एक महिनादेखि नै मसलाजन्य उत्पादन र बिक्री सुरु भइसकेको छ’, उनले भने, निषेधाज्ञापछि अन्य उत्पादनको मेसिन उपकरण जडान गर्नेछौं ।’ निषेधाज्ञापछि दालमोठ, भुजिया र नमकिन, चियापत्ती, कन्फ्लेक्स, कुरकुरे, आलुचिप्सलगायत उत्पादन सुरु गरिने अर्यालले बताए । यो समूहले यसअघि निर्माणजन्य सामग्रीको उद्योग सञ्चालन गर्दै आएको छ । कम्पनीको अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्ने उद्देश्यले खाद्यवस्तु उद्योगमा  लगानी गरिएकोे उनको भनाइ छ । ग्रुपले जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एन्ड क्राफ्ट र एभोकाडो इन्टरनेसनलमार्फत अन्य उद्योगलाई चाहिने केमिकल आपूर्ति गर्दै आएको छ । ‘हामीले पहिले निर्माणजन्य उद्योगमा मात्र लगानी बढायौं’, अध्यक्ष अर्यालले भने, अहिले नयाँ सोच र भिजनका साथ खाद्यय उद्योगमा हात हालेका हौं । अब क्रमशः निर्याततर्फ अगाडि बढ्छौं ।’ हाल जर्मन प्रविधिमा आधारित मेसिनले चार सय केजी मसला उत्पादन गर्नेछ । स्वचालित भएकाले मसलामा चाहिने कच्चा पदार्थको मात्रा मेसिनले नै मिलाएर, प्रशोधन र प्रयोगशाला परीक्षण गरी प्याकेजिङसमेत हुने अध्यक्ष अर्यालले  जानकारी दिए । लामो समयको बजार अनुसन्धान, माग, आपूर्ति र अन्तराष्ट्रिय बजारको अवस्थालाई समेत दृष्टिगत गरी निर्यात गर्ने उद्देश्यल उद्योग स्थापना गरिएको कम्पनीका प्रबन्धक निर्देशक रवीन्द्र शर्मा भुसालले बताए । ‘हामीले धेरै समय लगाएर बजार रिसर्च ग¥यौं र यसको माग, आवश्यकता र आपूर्तिको अवस्था पनि हेर्‍यौं,’ प्रबन्धक भुसालले भने । हाल निषेधाज्ञाका कारण मसलाको मागअनुसार आपूर्ति गर्दै आएको र सहज भएपछि देशभर आपूर्ति हुने गरी उत्पादन गरिने भुसालको भनाइ छ । हाल मसला उद्योगमा प्रत्यक्ष रूपमा ३५ जनाले रोजगारी पाएका छन् । सबै उत्पादन सुरु भएपछि डेढ सयले रोजगारी पाउने उनले बताए । मसलाको आयात र तयारी मसलाको बजार विस्तार गर्ने उद्योगको उद्देश्य रहेको उनले सुनाए । ‘तयारी मसलाको पहुँच ६० प्रतिशत हाराहारी होला । बाँँकी रहेको बजार आधाजति नेपालमा उत्पादन हुन्छ भने बाँँकी बाहिरबाट आउँछ’, उनले भने, सोही कारण मसला उत्पादनबाट सुरु गरेका हौं ।’ यो उद्योगको पूर्वाधार दुई वर्षअघि सुरु गरिए पनि गत महिनाबाट मसला उत्पादन थालिएको हो । नेपालमा वार्षिक साढे १२ अर्ब बराबरको मसलाको कारोबार हुने गरेको बताइन्छ ।