म्याग्दीका तीन गाउँ व्यावसायिक केरा खेतीमा

म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरि व्यावसायिक केरा खेती गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा, बगरफाँट र रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा केरा खेती गरिएको हो । व्यावसायिकरुपमा गरिएको केराखेतीबाट यी तीन गाउँका किसानले अन्नबालीको तुलनमा पाँच गुणा बढी आम्दानी गर्दै आएका छन् । केरा बेचेर प्राप्त गरेको आम्दानीबाट गाउँमै आरसिसी घर ठडिएका छन् भने किसानका छोराछोरीले काठमाडौँ, पोखराजस्ता सहरमा बसेर शिक्षा आर्जन गरिरहेका छन् ।बेनी नगरपालिका&ndas