काठमाडौं : सरकारको निर्णयअनुसार तीन देशका लागि हवाइ उडान खुला भएको छ। जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मंगलबारदेखि लागू हुने गरी चीन, टर्की र कतारका लागि उडान खुला भएको हो। यस्तै, भारतमा हुँदै आएको उडान पनि निरन्तर हुने छ।जसअनुसार अब हरेक हप्ता ५ वटा नियमित उडान हुनेछन्। चीन, टर्की र कतारका लागि हप्तामा १–१ तथा भारतका लागि हप्तामा २ वटा उडान हुनेछन्। राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सले हप्तामा २ वटा नियमित उडान भर्ने भएको छ। नेपाल एयरलाइन्सले हरेक हप्ताको सोम