२५ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशको सुरक्षाका लागि समन्वय गरेर काम गर्न प्रशासनिक तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् । महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समीक्षा कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सुरक्षा अवस्थाबारे जानकारी लिंदै धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्किन र साम्प्रादायिक गतिविधि प्रशासनिक विधिबाट नियन्त्रण गर्न निर्देशन दिएका हुन् । […]