वन तथा वातावरणमन्त्री प्रेम आलेले महाकाली करिडोर निर्माण सहज हुने बताएका छन् । भीमदत्त नगरपालिकाले आयोजना गरेको चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा उनले सो करिडोरका लागि वन मन्त्रालयबाट भइरहेको बाधा व्यवधान हटाउने प्रतिबद्धता जनाए ।
करिडोर कञ्चनपुरको ब्रम्हदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम पुग्ने छ । उनले नेपाल र भारतबीच जोड्न महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलका लागि २५० क्वीन्टलका ढुङ्गा आवश्यकता परेको र वनको मापदण्डअनुसार समस्या भएको गुनासोलाई वन मन्त्रालयले सहज बना...