औषधि अभावले सधैं उपचारमा समस्या

ग्रामीण क्षेत्रमा औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको छ । जिल्ला अस्पताललगायत वरपरका स्वास्थ्य संस्थामा औषधि पाइने भए पनि दुर्गम क्षेत्रमा सधैं औषधि अभाव हुँदा उपचार प्रभावित भएको हो ।

सम्बन्धित सामग्री

पैसा र कुरुवाको अभावले प्रतापको थप उपचारमा समस्या

आस मारेर दाहसंस्कारका लागि सम्पूर्ण तयारी गरिएका सुनसरी इनरुवा वडा नं. ३ का ३० वर्षे प्रताप सदाको थप उपचारमा समस्या हुँदै गएको छ।...

आर्थिक अभावले उपचारमा समस्या, सहयोगका लागि अपिल

काठमाडौं । पिटर भट्टको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरिएको छ । गोरखा भिमसेन थापा-६का कासिनाथ भट्ट र गिता भट्टको छोरा २६ वर्षीय पिटर भट्टको केही समयदेखि शरिरमा नीलोदाग देखिए लगतै  उपचारकाे लागी वीर अस्पताल  लगियो।  चेक गर्दा रगतमा प्लेटेलेट्स र सेतो रक्त (WBC) को मात्रा कम देखिएको हुँदा उनलाई आकस्मिक कक्षमा भर्ना […]

कुकर पड्किँदा तीन घाइते, आर्थिक अभावले उपचारमा समस्या

बुधबार बिहान खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा घाइते ४२ वर्षीया हरिशोभा परियार, १० वर्षीय छोरा गणेश परियार र हरिशोभाका देवरका छोरा १० वर्षीय लोकेन्द्र परियार घाइते भएका थिए।...

आर्थिक अभावले मृगौला पीडित किशनको उपचारमा समस्या, सहयोगको याचना

काठमाडौँ । मृगौला पीडित किशन लुहारको उपचारमा समस्या भएको छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ खिपाली निवासी २५ वर्षीय किशनको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो । करिव ८ महिना देखी उपचार(डाइलेसीस) गराइरहेका किशनको मृगौला फेर्नुपर्ने डाक्टरको सुझाव छ । तर आर्थिक अभावका कारण प्रक्रिया थाल्न समेत नसकिएको उनका बुवा जय बहादुर […]

कपिलवस्तुमा झाडापखाला प्रकोप: बेड अभावले भुईंमा उपचार

डाक्टर मुकेश चौधरीले बिरामीहरुको चाप निरन्तर बढ्दै गएपछि उपचारमा समस्या आएको बताए। उनले थप सहयोगका लागि ३ वटै तहका सरकारसँग आग्रह गरेका छन्।...

पर्वत अस्पतालमा रगत अभावले उपचारमा समस्या

पर्वत । रगतको पर्याप्तता नहुँदा पर्वत अस्पतालमा आउने बिरामीको उपचारमा समस्या हुन थालेको छ । पर्वत अस्पतालले माग अनुसार रगत उपलब्ध नहुँदा आवश्यक परेका बेला बिरामीका आफन्त र ग्रूप मिल्ने मानिस खोजेर जोहो गर्नुपर्ने अवस्था रहेको बताएको छ । नेपाल रेडक्रस सोसाइटीले माग अनुसार रगत दिन नसकेको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । अस्पतालमा नियमित हुने शल्यक्रिया, डायलासिस, दुर्घटनाका घाइते, सुत्केरी हुने महिलाका लागि रगत तयारी अवस्थामा नहुँदा समस्या भएको पहाडीको भनाइ छ । पर्वत अस्पतालमा डायलासिस गर्न मासिक ३०/४० जना बिरामी आउने गरेका छन् । यस्तै दैनिकजसो सुत्केरी हुने महिला आउँछन् । साथै रक्तअल्पता भएका बिरामीलाई पनि रगत उपलब्ध गराउन कठिनाइ भएको उनले बताए । जिल्लामा रगतको जिम्मा नेपाल रेडक्रस सोसाइटीसँग छ । सक्दो प्रयास गरेर रगतको आपूर्ति गरिँदै आएको रेडक्रसले बताएको छ । रेडक्रसका जिल्ला सभापति रुद्रबहादुर रिमालले अस्पतालमा आवश्यक रगत हरहालतमा उपलब्ध गराउँदै आएको बताए । तर केही समययता रक्तसञ्चार केन्द्रमा कार्यरत प्राविधिक कर्मचारी बेनी सरुवा भएर गएपछि नियमित रक्त सञ्चारमा समस्या भएको उनको भनाइ छ । अस्पतालले मागेको खण्डमा बागलुङबाट समेत रगत ल्याएर समस्या समाधान गरिएको उनले बताए । पर्वत अस्पतालले भने रगत चाहिएको बेला उपलब्ध हुन नसकेको बताएको छ । कोरोना संक्रमणका कारण रक्तदान कार्यक्रम कम मात्रामा भएका छन् । पर्वत अस्पतालमा आउने बिरामीका आफन्तले रगत सहजै उपलब्ध नहुँदा दुःख पाइएको गुनासो गर्दै आएका छन् । रगत आवश्यक परेमा सामाजिक सञ्जालमा अनुरोध गरेर रगत खोज्नुपरेको अस्पताल प्रशासनले बताएको छ । रेडक्रसको रक्तसञ्चार केन्द्रको क्षमता बढाउने, उपकरण थप गर्ने, नियमित रक्तदान भइरहने र लामो समय भण्डारण गर्न सक्ने अवस्था भएमा मात्रै रक्त अभावको समस्या समाधान गर्न सकिने सरोकारवालाहरू बताउँछन् ।

अक्सिजन अभावले उपचारमा समस्या

वाग्मती, ३ जेठ: मकवानपुरमा एउटा पनि व्यावसायिक रुपमा अक्सिजन उत्पादन गर्ने उद्योग नहुँदा जिल्लामा आवश्यक अक्सिजन आपूर्तिमा समस्या देखिएको छ । जिल्लाभित्र अक्सिजन उद्योग नहुँदा बाहिरी जिल्लाबाट अक्सिजन सिलिन्डर भरेर ल्याउन झन् समस्या हुँदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा सहजै रुपमा मागअनुसार पर्याप्त मात्रामा अक्सिजन आपूर्तिमा अभाव हुँदा जिल्लाका विभिन्न अस्पतालमा कोभिड–१९ […]

जनशक्ति अभावले उपचारमा समस्या

कोरोना भाइरसको दोस्रो लहरका कारण नेपाल पनि पूर्णरूपमा प्रभावित भएको छ । कोरोना पोजेटिभ बिरामीले अस्पताल भरिएका छन् । अस्पतालमा शैया नहुँदा भुइँ, अस्पतालबाहिर बरन्डा, पेटीमा समेत उपचार भइरहेको छ । अक्सिजन अभावमा बिरामीको ज्यान गइरहेको छ । अस्पतालले नयाँ बिरामी भर्ना नगर्ने र अस्पतालमा रहेका बिरामीलाई पनि अक्सिजनको व्यवस्था आफैं गर्नु भन्ने खालका विज्ञप्ति […]