काठमाण्डाै – भारतका स्थल सेनाध्यक्ष जनरल मनाेज पाण्डे नेपालकाे पाँच दिने भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएकाे छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आउनुभएका पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी आज बिहीवार स्वदेश फिर्ता हुनुभएको छ ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गर्नुभएको छ । भ्रमणका क्रममा नेपाल र भारतका सेनाध्यक्षहरूलाई एकअर्का देशको मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने परम्परालाई निरन्तरता दिन सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा र...