प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच दिने नेपाल भम्रण सकेर भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे स्वदेश फिर्ता भएका छन् । नेपाल रहँदा भारतीय सेनाध्यक्ष पाण्डे जङ्गी अड्डाका विभिन्न कार्यक्रममा सहभागी रहे भने उनले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँगसमेत शिष्टाचार भेट गरे ।