कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भिडभाड नगर्न र सावधानी अपनाउन आग्रह

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भिडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर भिडभाड हुने ठाउँमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ। सबै सरकारी, गैरसरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने व्यावसायिक तथा मनोरञ्जनस्थल, रङ्गशालामा मास्क अनिवार्य गर्न/गराउन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था मिलाउन भनिएको छ । यस्तै सार्वजनिक गाडी, विमानस्थल, हवाई उडानलगायतमा मास्क अनिवार्य ...

सम्बन्धित सामग्री

उराठ होली : सडकमा मान्छे छैन, पसलमा व्यापार छैन

काठमाण्डाै – कोरोना भाइरसको त्रासका कारण यसपटक होलीको रौनक घटेको छ । भिडभाडमा होली खेल्दा कोरोनाको सङ्क्रमण हुन सक्ने भन्दै डाक्टरहरुले सावधानी अपनाउन आग्रह गरेका कारण होलीको रौनक घटेको छ । अर्कोतिर सरकारले समूह वा जमघटमा होली नखेल्न दिएको निर्देशनले पनि होलीको दिन काठमाण्डौका सडक सुनसान छन् ।  विगतका वर्षम...

आइतबार विशेष : खरिपाटी क्वारेण्टाइनको सुखद रिपोर्ट कार्ड !

आइतबारका मुख्य खबर : खरिपाटी क्वारेण्टाइनमा राखिएका कसैमा संक्रमण भेटिएन : भोलि घर पठाउने तयारी चीनको वुहानबाट १७५ जना नेपाली ल्याएका चालकदलका १८ सदस्य क्वारेन्टाइनमुक्त कोरोना सङ्क्रमणको आशङ्कामा दुई जना टेकु अस्पतालकाे आइसोलेसन वार्डमा भर्ना खाडीमा कोरोनाको सङ्क्रमण बढ्दै, नेपालीलाई सावधानी अपनाउन आग्रह ...