बेलका नगरपालिकालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले उदयपुरको बेलका नगरपालिका–२ स्थित रामनगरमा व्यावसायिक माछापालन शुरू गरिएको छ ।
बेलका माछा सहकारी संस्था दर्ता गरेर नगरपालिकाको साझेदारीमा व्यावसायिकरूपले माछा पालन गर्न थालिएको हो ।
कोशी नदीको किनारमा खाली रहेको १४६ बिघा जमिन नगरपालिकासँग भाडामा लिएर गत वैशाखदेखि माछापालन शुरू गरिएको संस्थाका अध्यक्ष अशोक कार्कीले जानकारी दिए ।
हाल ३३ वटा पोखरी बनाई ३ लाख २८ हजार माछाका भुरा छाडिएको उनले बताए । अहिले २ किलोग्रामसम्मका माछा भइसके...