काठमाडाैँ- आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ। बैठक बिहान ११ः३० बजे संघीय संसद सचिवालयमा बस्नेछ। आजको बैठकमा माराकश सन्धि, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, लुम्बिनी प्रदेश अन्तर्गतका बाँके र बर्दिया जिल्लाका कारागार तथा बर्दियाको मधुवन घटना अनुगमन उपसमितिको प्रतिवेदन २०७९ पेस गर्ने सम्बन्धमा छलफल हुनेछ।