मुलुकलाई समृद्ध बनाउन गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार आवश्यक : उपेन्द्र यादव

जनकपुर । सत्तारुढ जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्ध बनाउन गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार अपरिहार्य रहेको बताएका छन् ।बिहीबार लक्ष्मीनिया गाउँपालिकामा सेन्ट्रल अस्पताल उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका यादवले यस क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थामा सुधारका लागि नवनिर्मित अस्पतालको योगदान रहने विश्वास व्यक्त गरे ।अध्यक्ष यादवले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहकारी र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेकाले तीनै तहको सरकारले सहकारी र नि

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री यादवको सपथ, मन्त्रीपरिषदमा ४ जना उपप्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आज पद तथा गोपनीयताको सपथ गराएका छन् । यादवसँगै अब मन्त्रीपरिषदमा उपप्रधानमन्त्रीको संख्या ४ पुगेको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री र मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी […] The post उपप्रधानमन्त्री यादवको सपथ, मन्त्रीपरिषदमा ४ जना उपप्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मन्त्रिपरिषद्को वरीयतामा उपेन्द्र यादवभन्दा रवि लामिछाने अगाडि

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद विस्तार गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र त्यसै पार्टीका नेता नवलकिशोर साह सुडी मन्त्री बनेका छन् । यादव उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री र सुडी वन तथा वातावरण मन्त्री बनेका छन् । यादव मन्त्रिपरिषदमा पाचौं वरीयतामा छन् । प्रधानमन्त्रीको वरीयतामा रहेका चार उपप्रधानमन्त्रीमध्ये […]

‘असफल’ भइसकेका उपेन्द्र फेरि स्वास्थ्यमा

२५ फागुन, काठमाडौं । बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा छुटेको जनता समाजवादी पार्टी (जसपा)ले बिहीबार मन्त्रीहरुको नाम टुंग्यायो । जसअनुसार जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री हुनेछन् । यादव १८ जेठ २०७५ मा पनि यही जिम्मेवारीमा थिए । करिब डेढ वर्ष मन्त्रालय चलाएका उनी (४ मंसिर २०७६) मा ‘असफल मन्त्री’को ट्याग भिर्दै बाहिरिएका थिए […]

जसपाबाट उपेन्द्र यादव र नवलकिशोर साह सरकारमा जाने

२४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । बिहीबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् । जसपाबाट […]

यी पूर्वस्वास्थ्यमन्त्री, जो पराजित भए

आइतबार सम्पन्न आमनिर्वाचनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका १० जना पूर्व मन्त्री चुनावी मैदानमा थिए, तीमध्ये केही निर्वाचित भएका छन् भने अधिकांश पराजित भए ।चुनावी मैदानमा पूर्व स्वास्थ्यमन्त्रीहरु विरोध खतिवडा, हृदयेश त्रिपाठी, भानुभक्त ढकाल, शेरबहादुर तामाङ, उपेन्द्र यादव, रामजनम चौधरी, राजेन्द्र महतो, गगन कुमार थापा, राज्यमन्त्री उमेश श्रेष्ठ र खगराज अधिकारी उम्मेदवार थिए ।पराजित पूर्वस्वास्थ्यमन्त्रीहरुप्रतिनिधिसभातर्फ मकवानपुर–२ बाट नेकपा एकीकृत समाजवादी नेता तथा पूर्व स्वास्थ्य तथ

स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर विकास गर्नुपर्छ : उपेन्द्र यादव

राजविराज – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जिल्लालाई स्वास्थ्य र शिक्षाको केन्द्र बनाइ विकास कार्यलाई अगाडि बढाउनुपर्ने बताएका छन् । आज गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग भेटघाटको क्रममा उहाँले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निर्माण कार्य अगाडि बढेसँगै सप्तरीको विकासको आधार शिला प्रारम्भ भइसकेको बताए । सप्तरी निर्वाचन क्षेत्र नम्बर […]

मेयर सरावगीको कार्यक्रममा आफ्नै पार्टीका कार्यकर्ताद्वारा विरोध प्रदर्शन

वीरगंजः जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले वीरगंजको मेयरविरुद्ध प्रदर्शन गरेका छन्। वीरगंज १५ लक्षुमानवास्थित स्वास्थ्य चौकी उद्घाटन गर्न गएको बेला मेयर विजय सरावगीविरुद्ध प्रदर्शन भएको हो। उपेन्द्र यादव संघीय सरकारको स्वास्थ्यमन्त्री हुँदा पार्टीको पहलमा विनियोजित बजेटबाट निर्मित स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रममा मेयर सरावगीले कार्यकर्ताहरुलाई बाइपास गरेको आरोप लगाउँदै विरोध जनाइएको…

गोविन्द केसीबारे किन बोल्दैनन् स्वास्थ्यमन्त्री उपेन्द्र यादव ?

३२ असार, काठमाडौं । गुणस्तरीय चिकित्सा शिक्षाको माग गर्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीबारे प्रधानमन्त्री र अन्य मन्त्रीहरुले आलोचनात्मक प्रतिक्रिया दिइरहे पनि स्वास्थ्यमन्त्री उपेन्द्र यादव मौन रहँदै आएका छन् । उपप्रधानमन्त्री यादवको यो मौनता सोमबार शिक्षण अस्पताल महाराजगञ्ज पनि राम्रैसित देखियो । स्वास्थ्य मन्त्रालयको तालाचाबी अहिले फोरम नेता यादवका हातमा छ …