अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उनले यस्तो प्रतिवद्धता जनाए । उनले अरु क्षेत्रको बजेट कम गरेर भएपनि सरकारले खेल क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने बताए ।
अर्थमन्त्री प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म सरकारले विकासे योजनाका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमासमेत बजेट विनियोजन गर्ने बताएका छन् । राष्ट्रिय महिला आयोगले आइतबार गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै मन्त्री महतले सामाजिक सुरक्षा भत्तामा अहिले राज्यको क्षमताभन्दा बढी रकम खर्च भइरहेको बताए ।
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले दवाव थेग्न नसकेर स-साना आयोजनाहरुमा पनि बजेट विनियोजन गरेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले आफू संघीय सरकारबाट स-साना आयोजनाका लागि थोरै रकम विनियोजन गर्ने पक्षमा नभएपनि दवाव थेग्न नसकेर विनियोजन गरेको बताउनुभएको हो । उहाँले सम्बन्धित मन्त्रालय र वडाअध्यक्षको तहबाट पनि थोरै भएपनि बजेट […]