किसानलाई उन्नत घाँस दिँदै जुम्ला पशु कार्यालय

जुम्लाका किसानले उन्नत घाँस पाउने भएका छन्। जुम्लामा घाँस अभावले पशु चौपाया पालन गर्न कठिनाइ भएपछि पशु अस्पताल तथा पशु सेवा कार्यालयले जुम्लाका किसानलाई उन्नत घाँस उपलब्ध गराउन लागेको हो।...

सम्बन्धित सामग्री

गायनमा करिअरको पर्खाईमा कर्णालीकी रुपा बुढा

जुम्ला । मेलापातमा निस्कँदा होस् या गोठालो जाँदा, जुम्ला पातारासी–३ तल्फी गाउँकी रुपा बुढा आफ्नो सुरिलो स्वरमा गाउन थालिहाल्छिन् । जीवनकै सपना भएर होला, एकान्तमा पुग्नासाथ गीत गाउने हतार हुन्छ उनलाई । घाँस दाउरा गर्न जाँदा सल्ला, धुपी र भोजपत्रका घना जंगल उनको स्वरले गुञ्जायमान हुन्छ । सुसाउँदै बग्ने जँवा नदीको किनारका खेतबारीमा गीत गाउँदै […] The post गायनमा करिअरको पर्खाईमा कर्णालीकी रुपा बुढा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संरक्षण अभावमा हराउँदै छ यार्सागुम्बा

नेपाल प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महìवपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदामध्ये वन जङ्गल तथा यहाँभित्र पाइने अलौकिक तथा अद्वितीय जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको महìवपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब सात सय प्रजातिका जडीबुटीजन्य वनस्पति नेपाल र नेपालीका लागि मात्र होइन, समग्र जीवजन्तु, मानव जाति र विश्व समुदायलाई प्रकृतिको तर्फबाट अनुपम उपहारका रूपमा प्राप्त भएका छन् । अपार सम्भावना बोकेको महìवपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महìवपूर्ण साधन हुन् । बर्सेनि अर्बौं धनराशिका विभिन्न जडीबुटी र गैरकाष्ठ वन पैदावारहरू विदेश निकासी भइरहेको छ । देशका ग्रामीण एवं दुर्गम भेगका असङ्ख्य नेपालीको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार जडीबुटीको सङ्कलन तथा बिक्री वितरणबाट अर्बौं धनराशि आर्जन हुने गरेको छ । यसैमध्ये यार्सागुम्बा पनि एक महìवपूर्ण जडीबुटी हो । यार्सागुम्बालगायत अन्य महìवपूर्ण जडीबुटीको बिक्री वितरणबाट दार्चुला, जुम्ला, गोरखा, लमजुङ तथा डोल्पाजस्ता पहाडी जिल्लामा करोडाँै रुपियाँ बर्सेनि भित्रिने गर्दछ । अपार सम्भावना बोकेको जडीबुटी समग्र देशको विकासमा महìवपूर्ण साधन मात्र नभएर हाम्रो देशको सम्पत्ति तथा प्रकृतिले दिएको उपहार पनि हो । यार्सागुम्बा मात्र एउटा यस्तो जडीबुटी हो, जो जाडोमा कीरा र गर्मीमा घाँस बनेर रहने अनौठो प्रजातिको वनस्पति र जीवको मिश्रित रूप हो । यो आधा वनस्पति र आधा कीराजस्तो हुन्छ । यो शक्तिवर्धक र दुर्लभ बहुमूल्य जडीबुटीमा पर्दछ । यार्सागुम्बा हाम्रो देशको हिमाल र पहाडी जिल्लाको लेकाली खर्क, पाटन तथा माडीमा पाइन्छ ।