हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक बुधबार बिहानैदेखि पुनः बन्द भएको छ । अविरल वर्षाका कारण पहिरो खसेर १३ दिनदेखि अवरुद्ध सडक मर्मतपछि सुचारु भएकोमा गतरातीको वर्षाले गर्दा पुनः सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
रघुगंगा गाउँपालिका–३ गलेश्वरमा सडकभन्दा माथिबाट खसेको ढुङ्गा, माटो र लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर वीरेन्द्रराज गुरुङले बताउनुभयो ।