अर्थमन्त्रीको अर्थ सल्लाहकारमा अर्थविद् पौडेल

काठमाडौं, ७ बैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतको आर्थिक सल्लाहकारमा अर्थविद् विश्व पौडेल नियुक्त भएका छन्। पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहेका पौडेल गत प्रतिनिधिसभाको निर्वाचनमा चितवन-१ बाट उम्मेद्‍वारसमेत रहेका थिए। पौडेललाई अगामी आर्थिक वर्षको बजेट निर्माण तयारी भइरहँदा अर्थमन्त्री महतले मन्त्रालयमा नियुक्ति दिएका हुन्।

सम्बन्धित सामग्री

चुनाव हारेर थला परेका विश्व पौडेल अर्थमन्त्रीका साल्लाहकार!

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सल्लाहकारमा अर्थविद् विश्व पौडेललाई नियुक्त गरेका छन्।  राष्ट्रिय योजना आयोगका यसअघिका उपाध्यक्ष समेत रहेका पौडेल अर्थ मन्त्रालयमा प्रमुख सल्लाहकार नियुक्त भएका हुन्।  संसदीय निर्वाचनमा चितवन १ बाट उम्मेदवार ...