गण्डकी प्रदेश सरकारसँग अपुरा योजनाको चाङ

तीनवर्ष अघि प्रदेश सरकार गठन हुँदा गण्डकी प्रदेश सरकार समृद्ध प्रदेश, सुखी नागरिकको नारा लिएर जनतासामु प्रस्तुत भएको थियो । तर तीनवर्षमा प्रदेश सरकारले गरेको कामको प्रगतिलाई सन्तोषजनक मान्न नसकिने अर्थतन्त्रका जानकार बताउँछन् । प्रदेश सरकासँग अपुरा योजनाको चाङ मात्र रहेको जानकारहरुको भनाई छ ।

सम्बन्धित सामग्री

जापानी राजदूत गण्डकी प्रदेशमा पुग्दा

मंगलबार नेपालका लागि जापानी राजदूत किकुता युताका गण्डकी प्रदेश पुग्नुभयो । उहाँले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसंग भेटवार्ता गर्दै गण्डकी प्रदेश सरकारसँग सहकार्य हुने मुख्यमन्त्री पाण्डेलाई विश्वास दिलाउनुभयो । भेटवार्ताका क्रममा मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा दातृ निकायको सहयोग आवश्यक भएको बताउनुुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पाण्डेले प्रदेशको …

प्रदेश सरकारसँग किशोरीका २२ बुँदे माग

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले मङ्गलबार किशोरीहरूसँग संवाद गर्नुभयो । जागृति बाल तथा युवा सरोकार नेपालले नवलपुरको कावासोतीदेखि आएको किशोरी अभियानकर्मीको टोलीसँग मन्त्री गुरुङको भेट गराएको थियो । पोखरामा भएको ‘किशोरी संवाद’ कार्यक्रममा किशोरी समूहका प्रतिनिधिले मन्त्री गुरुङसमक्ष ध्यानाकषर्षणपत्र बुझाए । किशोर–किशोरी तथा बालबालिकाको हकहित समेटिएको २२ बुँदे मागसहित मन्त्रीको ध्यानाकर्षण […]

असंगठित क्षेत्रका मजदूरलाई सामाजिक सुरक्षामा जोड्न बिमाको भूमिका महत्वपूर्ण

बिमा समितिको आयोजनामा गण्डकी प्रदेश सरकारसँग बिमा सम्बन्धी अन्तरक्रिया भएको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकसम्म बिमाको पहुँच पु¥याउन विशेष संयन्त्र निर्माण गरी अगाडि बढ्नुपर्ने बताए । उनले असंगठित क्षेत्रका मजदूरहरूलाई पनि सामाजिक सुरक्षा कार्यक्रमसँग जोड्नका लागि समेत बिमाको भूमिका महत्वपूर्ण हुने भएकाले बिमाको पहुँच विस्तारमा प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए […]

गण्डकी प्रदेश सरकारले ल्यायाे 'प्रदेश सरकारसँग बाआमा' कार्यक्रम (पूर्णपाठसहित)

काठमाडाैं : गण्डकी प्रदेश सरकारले 'प्रदेश सरकारसँग बाआमा' कार्यक्रम संचालन गर्ने भएको छ।आर्थिक वर्ष ०७९/८० का लागि प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रभावकारी ढंगले प्रदान गर्न प्रदेश सरकारसँग बाआमा कार्यक्रम संचालन गरिने उल्लेख छ।मानव सेवा आश्रम, वृद्धाश्रममा आश्रित दीर्घरोग लागेका बिरामीले नियमित सेवन गर्नुपर्ने औषधी निशुल्क रुपमा उपलब्ध गराउने नीति तथा कार्यक्रममा लेखिएको छ।प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा प्रस्तुत गरेकाे नीति तथा

पुतली बजारद्वारा पाँच दर्जन बढी योजना माग

स्याङ्जा-स्याङ्जा सदरमुकामको पुतली बजार नगरपालिकाले प्राथमिकताका आधारमा गण्डकी प्रदेश सरकारसँग पाँच दर्जन बढी योजना माग गरेको छ । नगरपालिकाको स्रोतले थेग्न नसक्ने र अत्यावश्यक भएका योजना प्रदेश सरकारसँग माग गरिएको हो ।गण्डकी प्रदेशका मुख्यमन्त्रीमार्फत विषयगत मन्त्रालयसँग झण्डै पाँच दर्जन योजना माग गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट तयारीमा रहेको प्रदेश सरकारसँग कांग्रेस स्याङ्जाका […]

गण्डकीमा सञ्चार विधेयक : महासंंघ गण्डकीको ध्यानाकर्षण, मन्त्री सकारात्मक

पर्वत : गण्डकी प्रदेशसभाको विधायन समितिमा छलफलका लागि पेस भएको गण्डकीको आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले गण्डकी प्रदेशका पत्रकारलाई तताएको छ। छलफलका लागि पेस भएको विधेयकका केही प्रावधानले संविधानको समेत अवज्ञा गरी पत्रकार र सञ्चार संस्थालाई पूर्ण नियन्त्रणमा राख्न खोजेको भन्दै चौतर्फी विरोध भइरहेको छ। यही क्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले विधेयक तत्काल फिर्ता लिन प्रदेश सरकारसँग आग्रह गरेको छ। बिहीबार कानुन सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापालाई ज

मुख्यमन्त्री कप आयोजना गर्न प्रस्ताव

नेपाल क्रिकेट संघ (क्यान)ले पोखरामा मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश सरकारसँग प्रस्ताव गरेको छ । क्यानका पदाधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँगको भेटघाटमा मुख्यमन्त्री कपको प्रस्ताव गरेका हुन् ।...

व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह

गण्डकी – पोखरा उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ। संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले सोमबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङलाई भेट्दै उक्त माग राखेको हो। ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कोइरालाले अत्यावश्यक सामग्रीको निर्वाध आपूर्तिमा सघाउने एवं राज्यलाई कर तिर्ने व्यवसायी खोपबाट […]

पोखरा उद्योग बाणिज्य संघद्धारा व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह

उद्योगी तथा व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।  सोमबार संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङसमक्ष व्यवसायीहरु उच्च जोखिममा रहेकाले तत्काल खोपको ब्यवस्था मिलाउन आग्रह गरेको हो ।व्यवसायीको मागका वारेमा स्वाथ्यमन्त्री गुरुङले संघ सरकारले नै खोपको प्राथमिकता तोकेर पठाउने गरेको जानकारी दिँदै सम्भव भएसम्म व्यवसायीहरुलाई प्

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो

कास्की – गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र कानुन मन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा बुझाएका छन् ।दुवै मन्त्रीले केन्द्रको निर्णयअनुसार राजीनामा बुझाएको प्रतिक्रिया दिएका छन् । राजीनामा दिए पनि प्रदेश सरकारसँग राम्रो सम्बन्ध रहेको र आउँदा दिनमा सहकार्य हुन सक्ने मन्त्री चुमानले बताउनुभयो ।मुख्यमन्त्री गुरुङले दुई जना मन्त्रीले राम्रो काम गरेको र सहकार्यको चाहना हुँदा हुँदै पनि ...