काठमाण्डाै – महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ ।
परराष्ट्र मन्त्रालयले काठमाण्डाैमा रहेको भारतीय राजदूतावासमार्फत कुटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उज्यालोलाई जानकारी दिनुभयो । कुटनीतिक नोटमा नेपालको सहमतिविना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुनुपर्ने उल्लेख रहेको उहाँले बताउनुभयो ।
भारतीय पक्षले म...