काठमाण्डाै – भारतकाे उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको ज्यान गएको घटनाकाे सम्बन्धमा नेपालले भारतलाई कुटनीतिक नोट पठाएको छ ।परराष्ट्र मन्त्रालयले आज आइतवार काठमाण्डाैमा रहेकाे भारतीय राजदूतावासमार्फत कुटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयाे । गृह मन्त्रालयले हिजाे शनिवार यस घटनाकाे पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रम...