दुवै महानिरीक्षकको कार्यकालमा सुरक्षा व्यवस्था सुदृढ हुने अपेक्षा

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्यालको कार्यकालमा मुलुकको शान्ति सुरक्षा सबल र सुदृढ बन्ने अपेक्षा सरकारको रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

सुशासन र सुरक्षाको प्रत्याभूति गराउन गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले नागरिकको अपेक्षा अनुसार सुशासन र शान्ति सुरक्षा कायम गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री दाहाल समक्ष गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम …

गएको चुनावबाट ‘पाठ सिकेर’ यसपटक भरतपुरको मतगणनास्थलमा कडिकडाउ

शुक्रवारको मतदानपछि सबैको ध्यान मतगणनामा केन्द्रित हुनेछ। विगतमा मतगणनास्थलमै भएका भनिएका अनियमितता तथा बेथिति सुधार्न यस पटक गणनास्थलहरूमा विशेष व्यवस्था मिलाइएको निर्वाचन आयोगले बताएको छ।तारबार अनि निगरानीका लागि कैयन् ठाउँमा सीसीटिभी क्यामेरा सञ्चालन गरिएको बताइएको छ।'सबै ठाउँको मतगणना यहीँबाट निगरानी गर्न सकियोस् भनेर सीसीटिभी राख्ने हाम्रो अपेक्षा थियो। यसमा हामी ५० प्रतिशत ठाउँमा मात्र सफल हुन सकेका छौँ,' प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बीबीसीलाई बताएका छन्।भरतपुरको तयारी२०७४ सालको स्थानीय चुनावमा मतगणनाको क्रममा मतपत्र च्यातिएको भरतपुरमा यसपालि उस्तै कथा दोहोरिन नदिन सबैखाले सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।भरतपुर महानगरपालिकाको मतगणना त्यहाँ रहेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने भएको छ।मतगणनास्थलमा विभिन्न सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले बताए।निकै पेचिलो बनेको भरतपुर महानगरपालिकाको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान केन्द्रित भएको छ।मतगणना सुरक्षित र व्यवस्थित तरिकाले सम्पन्न गर्नको लागि सिसिटिभी क्यामेरा र तारजाली लगायतका मजबुत व्यवस्था हुने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए।'निगरानी गर्न सीसीटिभी क्यामेरा जडान गरिएको छ। अनि अकस्मात् बिजुली गएको खण्डमा स्वचालित जेनेरेटर चल्नेछ। पूर्वसावधानीका सबै उपाय अपनाइएका छन्,' उनले भने।सुरक्षा पनि कडा२९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार मतदाता रहेका छन्।यहाँ मतदानको लागि ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन्।भरतपुर मतगणनास्थलविगतको स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रममा भएको घटना दोहोरिन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाइने प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताएका छन्।तामाङले भने, 'विगतको घटनाबारे समीक्षा गरेर त्यसैअनुरूप सुरक्षा व्यवस्था पुनरावलोकन गरिएको छ।''त्यतिखेर भएका त्रुटि केलाइएको छ। यिनै विषयका आधारमा निर्वाचन आयोगले निर्दिष्ट गरेका सबै उपाय अवलम्बन गरिएका छन्।''सुरक्षाका हकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तीनै निकायका सुरक्षाकर्मी त्यहाँ परिचालन गरिएको छ।'भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने बताइएको छ। -बिबिसीबाट

दुवै महानिरीक्षकको कार्यकालमा सुरक्षा व्यवस्था सुदृढ हुने गृहमन्त्रीको अपेक्षा

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्यालको कार्यकालमा मुलुकको शान्ति सुरक्षा सबल र सुदृढ बन्ने अपेक्षा सरकारको रहेको बताएका छन् ।  महानिरीक्षकको पदभार ग्रहणपछि मन्त्रालयमा भएको भेटमा महानिरीक्षकद्वयलाई गृहमन्त्री खाणले वैशाख ३० मा हुन लागेको...

दुवै महानिरीक्षकको कार्यकालमा सुरक्षा व्यवस्था सुदृढ हुने गृहमन्त्रीको अपेक्षा

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्यालको कार्यकालमा मुलुकको शान्ति सुरक्षा सबल र सुदृढ बन्ने अपेक्षा सरकारको रहेको बताएका छन् ।  महानिरीक्षकको पदभार ग्रहणपछि मन्त्रालयमा भएको भेटमा महानिरीक्षकद्वयलाई गृहमन्त्री खाणले वैशाख ३० मा हुन लागेको...

दुवै महानिरीक्षकको कार्यकालमा सुरक्षा व्यवस्था सुदृढ हुने गृहमन्त्रीको अपेक्षा

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्यालको कार्यकालमा मुलुकको शान्ति सुरक्षा सबल र सुदृढ बन्ने अपेक्षा सरकारको रहेको बताएका छन् ।  महानिरीक्षकको पदभार ग्रहणपछि मन्त्रालयमा भएको भेटमा महानिरीक्षकद्वयलाई गृहमन्त्री खाणले वैशाख ३० मा हुन लागेको...

रात्रिकालिन व्यवसाय खुलाउन गृहको ‘ग्रीन सिग्नल’, व्यवसायी उत्साहित

फाइल तस्बिररात्रिकालिन व्यवसाय सञ्चालनको वातावरण तयार पार्न गृह मन्त्रालय सकारात्मक देखिएको छ । होटल तथा रेष्टुरेन्टलाई दिनमा र रातमा सञ्चालन गर्न दिने विषयमा गृहमन्त्री बालकृष्ण खाँण सकारात्मक देखिएका हुन् ।गत सोमबार अर्थ मन्त्रालयमा आयोजित ‘पुँजीगत खर्च सम्बन्धी अन्तर–मन्त्रालय छलफल’मा गृहमन्त्री खाँणले होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्ने प्रस्ताव गरेका हुन् । उनले प्रस्तावमा भने अनुसार यसले व्यवसाय बढ्ने र त्यसले सरकारको राजस्व बढ्नेछ ।सुरक्षा दिन गृह तयारयदि होटल तथा रेष्टुरेन्ट रातीको समयमा पनि सञ्चालन हुँदा सुरक्षा चुनौती बढ्ने भएपनि त्यसको व्यवस्थापन गर्न गृह मन्त्रालय तयार रहेको मन्त्री खाँणको दाबी छ । ‘यस प्रयोजनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय तयार छ’ उनले भनेका थिए ।व्यवसायीहरुले लामो समयदेखि रात्रिकालिन व्यवसाय खुला गर्न माग गरिरहेको अवस्थामा गृहमन्त्रीले नै प्रस्ताव गर्नु र सुरक्षाको व्यवस्थापन गर्न तयार रहेको बताउनु स्वागतयोग्य भएको व्यवसायी बताउँछन् । पर्यटन चलायमानरात्रिकालिन व्यवसाय खुला हुँदा आन्तरिक र बाह्य पर्यटन पनि फस्टाउने अपेक्षा व्यवसायीहरुको छ । काठमाडौँको ठमेल, पोखराको लेकसाइट र चितवनको सौराहामा रात्रिकालिन व्यवसायको माग उच्च रहेको पर्यटन बोर्ड बताउँछ ।कोरोना महामारी सुरु हुनुभन्दा अगाडी ठमेल, सौराहा र लेकसाइडका व्यवसायीले पटक पटक यो विषय उठाउँदै आएका थिए । विदेशका पर्यटकीय गन्तव्यको मुख्य आकर्षण रात्रिकालिन व्यवसाय पनि भएकाले नेपालमा पनि यस्तो व्यवसाय सञ्चालन गर्न दिईनुपर्ने पोखराका पर्यटन व्यवसायी हरि भुजेल बताउँछन् ।रोजगारीमा वृद्धिदिउँसोको समयमा मात्रै व्यवसाय चल्दा जति रोजगारी सिर्जना भएको छ, रातीको समयमा पनि चल्दा सोही बराबरको रोजगारी सिर्जना हुने रेष्टुरेन्ट तथा होटल व्यवसायीको भनाई छ । ‘व्यवसाय दिनमा र रातमा गरी दोब्बर समय चल्ने भएपछि होटल तथा रेष्टुरेन्टलाई कामदार पनि दोब्बर संख्यामै चाहिन्छ’ पर्यटन व्यवसायी राज मैनाली भन्छन्, ‘साना साना गन्तव्यमा पनि यस्तो व्यवसाय बढाउँदै लैजानुपर्छ, यसले रोजगारीसँगै स्थानीय उत्पादनको खपत बढाउँछ ।’रात्रिकालिन यातायातको विस्तारअहिले रात्रिकालिन यातायातको सुविधा कमजोर छ । ठमेल, दरबारमार्ग लगायतका क्षेत्रमा ट्याक्सीले रात्रिकालिन सेवा दिने गरेको भएपनि त्यो पर्याप्त छैन । यदि रात्रिकालिन व्यवसाय खुलेको अवस्था र होटल तथा रेष्टुरेन्ट पनि २४ सै घण्टा खुल्ने अवस्था आएमा सार्वजनिक सवारीले रात्रिकालिन सेवा विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ ।यदि, सार्वजनिक सवारीले रात्रिकालिन सेवा विस्तार गरेको खण्डमा सेवाग्राहीले सस्तोमा सेवा पाउने र यातायात व्यवसाय पनि फस्टाउने व्यवसायीहरुको दाबी छ ।