सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी

यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल भएका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरे। सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु ८९ मा बिक्री भइरहेको सुन्तला उनले बताए । “बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई […]

सम्बन्धित सामग्री

सुन्तला बिक्रीले फेरियो बस्तीकै मुहार

प्रत्येक वर्ष २८ लाख रुपैयाँ हाराहारीमा सुन्तला बिक्री गरेर आम्दानी गर्दै आएका बाग्चौर नगरपालिका–९ डाँगीगाउँका ६१ वर्षीय भरतनाथ योगीले यस वर्ष ४ सय क्विन्टल सुन्तला बिक्री गरे । ९० देखि १०० रुपैयाँ प्रतिकिलोमा सुन्तला बिक्री गरेर यस वर्ष उनले उनले ३५ लाखभन्दा बढी आम्दानी गरे ।

पूर्वी नवलपरासीमा आठ करोडको सुन्तला बिक्री

पूर्वी नवलपरासीमा यस वर्ष सुन्तलाको बिक्रीबाट राम्रो आम्दानी भएको छ । नवलपुरमा सुन्तला खेती गर्ने किसानले यस वर्ष आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला बिक्री गरेकोे प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृषि अधिकृत तथा सूचना अधिकारी रणबहादुर महतोले बताउनु भयो ।

म्याग्दीमा सुन्तला बिक्रीबाट राम्रो आम्दानी गर्दै महिला किसान

गलेश्वर (म्याग्दी) । सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरैजसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका छन् । सुन्तलाको राम्रो बगान भएका र व्यावसायिकरुपमा लागेका किसानले वार्षिक रु तीनदेखि आठ लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर बेनी नगरपालिकाको राखु, मरेक, सुर्केमेला, घतान, मङ्गला गाउँपालिकाको बरङ्जा, भेडाबारी, अर्मन, मालिका गाउँपालिकाको रुन्मा, बिम, ओखरबोट, धवलागिरि गाउँपालिकाको ताकम, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, दोवा र अन्नपूर्ण गाउँपालिकाको दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला बढी उत्पादन हुने गरेको छ । म्याग्दीमा २ सयभन्दा बढी सुन्तला बगैँचा छन् । म्याग्दीमा विशेषगरी सुन्तलाखेतीको रेखदेख र बिक्रीवितरणको जिम्मेवारी महिलाले लिएका छन् । यहाँका युवा अधिकांश विदेश भएकाले अरु खेतीपाती झैँ सुन्तलाखेती पनि महिलाकै कारण फस्टाएको र यसबाट भएको आम्दानीले महिला स्वावलम्बी बन्दै गएको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी मायादेवी पुनले बताइन् । पुनले सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरिरहेको बताइन् । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक ५० हजारदेखि डेढ लाख रूपैयाँसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । “मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएकी छु”, कृषक पुनले भन्नुभयो, “व्यावसायिकरुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।” सुन्तला खेतीलाई यहाँका महिला किसानको पेन्सनका रुपमा लिन सकिने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । बिरुवा हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार रहेको उनको भनाइ छ । “सुन्तलाखेती बुढेसकालको सहारा बनेको छ”, उनले भने, “एकपटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्यरुपमा बगानको हेरचाहमात्र गरे धेरै दुःख गर्न पर्दैन ।” व्यावसायिक सुन्तला खेतीमा लागेका यहाँका महिला घरको अरु काम धन्दालाई भन्दा सुन्तलाको स्याहार सुसारलाई बढी ध्यान दिने गरेको बेनी नगरपालिका–३ राखु भकिम्लीकी कृषक धना पुनले बताइन् । ठेकेदारले बगानबाटै सुन्तला किन्ने गरेकाले बिक्रीका लागि कुनै समस्या नभएको उनको भनाइ छ । यस वर्ष सुन्तला बिक्री गरेर १ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको उनले बताइन्। यहाँ उत्पादित सुन्तला बेनी, पोखरा हुँदै काठमाडौँ र नारायणघाटसम्म पुग्ने गरेको स्थानीय किसानले बताएका छन् । सुन्तला बिक्रीबाट आम्दानी लिन थालेपछि महिलाको आम्दानीबाट नै घरखर्च धानिने, छोराछोरीको पढाइ खर्च पुग्ने र बचेको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने गरिएका छन्। बिरामी हुँदा र भैपरी आउँदा कसैसँग हात थाप्नुपरेको छैन । पश्चिमी र उत्तरी म्याग्दीमा फलेका सुन्तलाको बजारमा राम्रो माग रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले यहाँका सुन्तलाको बजारमा छुट्टै स्थान रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्राविधिक श्यामशरण कुर्मीले बताए । सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै महिला व्यावसायिक सुन्तलाखेती विस्तारमा जुटेको उनले बताए । म्याग्दीमा यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन यहाँका महिला व्यस्त छन् । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् । म्याग्दीमा ७०६ हेक्टर क्षेत्रमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । यहाँ गत वर्ष ३ हजार ९०५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र म्याग्दीको तथ्याङ्क छ । रासस

मूल्य नपाउँदा सुन्तला किसानको दुई करोड आम्दानी घट्यो

गत वर्ष २६ करोडको सुन्तला बिक्री गरेका तनहुँका किसानले यस वर्ष २४ करोडको बेचे  अघिल्लो वर्ष म्याग्देको उमाचोकका कृषकले सुन्तला बिक्रीबाट आकर्षक आम्दानी गरेका थिए । त्यस क्षेत्रका किसानले पाँचदेखि ८५ लाख...

अर्घाखाँचीको एउटै गाउँमा फल्यो पाँच करोडको सुन्तला

अर्घाखाँचीको पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन् ।सिम्ले गाउँमा मात्र व्यावसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट हरेक किसानले ५ लाख देखी २८ लाखसम्म आम्दानी गर्ने अनुमान छ ।गत वर्ष २८ लाखको सुन्तला बिक्री गरेका रेवतीप्रसाद पौडेल पनि यतिवेला सुन्तला टिप्न व्यस्त छन् । २० रोपनीमा सुन्तला

सुन्तला बिक्रीबाट २१ लाख आम्दानी

म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनी टोलका कृषकले सुन्तला बेचेर २१ लाख आम्दानी गरेका छन् ।२० घरधुरीको बसोबास रहेको दुई वटा बस्तीको मुख्य आयस्रोत सुन्तला खेती बनेको छ । भेडाबारीका अगुवा कृषक ओम गिरीले यस वर्ष २१ लाख मूल्य बराबरको तीस हजार किलोग्राम सुन्तला बिक्री भएको जानकारी दिए ।बगैंचामा आएर सुन्तला खरिद गरेर पोखराका व्यापारीले […]

स्याङ्जाको एउटै गाउँबाट एक करोड रुपियाँ बढीको सुन्तला बिक्री

यहाँको एउटै गाउँबाट यस पटक एक करोड रुपियाँभन्दा बढीको सुन्तला बिक्री भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका– ७ सिरौंसा गाउँका किसानले यस पटक सुन्तला बिक्रीबाट एक करोड २५ लाख रुपियाँभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् ।

एउटै वडाबाट चार करोडको सुन्तला बिक्री

तनहुँ – शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतको परिवारले गाउँको पाखो बारीमा झण्डै दुई हजार सुन्तलाका बोट लगाएको छ। कोदो मकै फल्ने बारीमा लगाइएको १२ सय बोटले फल दिन थालिसकेको छ। महत परिवारले यो वर्ष सुन्तला विक्रीबाट ४५ लाख रुपैयाँ आम्दानी लिन सफल भएको बताउँछन्। महत आफैंले काठमाडौंको कालीमाटी बजारसम्म सुन्तला र्पुयाएर विक्री गरेका हुन्। ‘यसपालि […]

रोगले सुन्तला उत्पादनमा ह्रास

अघिल्ला वर्षहरुमा घरबाटै ३ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेका थिए । यो वर्ष ५० हजार रुपैयाँ पनि आम्दानी नहुने बताउँछन् दाताराम चापागाईं । सुन्तला उत्पादनमा जिल्लाकै मुख्य क्षेत्र मोदी–२ देउपुरकी सत्यदेवी तिमिल्सिनाले पनि यो वर्ष सुन्तला बिक्री गरेर ३० हजार रुपैयाँ पनि आम्दानी नहुने आकलन गरिन् ।

सुन्तला बिक्रीबाट २५ लाख आम्दानी

यहाँका पुराना सुन्तला व्यवसायी फणिनारायण अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर २५ लाख आम्दानी गर्नुभएको छ । सुन्तला ब्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना तथा धेरै मात्रामा सुन्तला उत्पादन गर्ने अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका अर्याल जिल्लामै धेरै आर्थिक लाभ लिने सुन्तला व्यवसायीमध्ये हुनुहुन्छ ।