अघिल्ला वर्षहरुमा घरबाटै ३ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेका थिए । यो वर्ष ५० हजार रुपैयाँ पनि आम्दानी नहुने बताउँछन् दाताराम चापागाईं । सुन्तला उत्पादनमा जिल्लाकै मुख्य क्षेत्र मोदी–२ देउपुरकी सत्यदेवी तिमिल्सिनाले पनि यो वर्ष सुन्तला बिक्री गरेर ३० हजार रुपैयाँ पनि आम्दानी नहुने आकलन गरिन् ।