प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । उनले बिहान ९ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार स्थानीय तहको निर्वाचनका साथसाथै कोरोना नियन्त्रणलगायतका विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।
आजै बसेको सत्ता गठबन्धनको बैठकले चुनावको मितिबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गरेर अघि बढ्ने निर्णय लिएको थियो । चुनावका सन्दर्भमा गठबन्धनभित्रै एकमत नहुँदा समस्या उत्पन्न हुँदै आएको छ । निर्वाचन आयोगले भने वैशाखमा निर्वाचन गर्न तत्...