नेकपा एमालेको केन्द्रीय समिति बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा चलिरहेको छ । बैठकमा समूह टोली नेताहरुले सुझाव राख्ने क्रम जारी छ । अहिलेसम्म लुम्बिनी र बागमतीमा प्रदेश कमिटी टोली नेताले विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावका सन्दर्भमा सुझाव दिएका छन् । बैठकमा लुम्बिनी समूहका टोली नेता दलबहादुर रावलले दुईपटक भन्दा बढी कार्यकारी पदमा बस्न नहुने, फागुन २३ को फैसलापछि पनि एमालेमै रहेका पूर्व माओवादी नेताको जिम्मेवारी खोस्न नहुन