डेङ्गुका बिरामीले भरिँदै अस्पताल

उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन्। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन्। टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या पाउनै मुस्किल छ। उक्त अस्पतालमा चार जना बिरामीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको डेङ्गुका कारण मृत्यु भएको छ। अस्पतालका उपनिर्देशक डा. सुवास आचार्यले दिनुभएको जानकारीअनुसार ३५ वर्षीय युवकको डेङ्गुका कारण मृत्यु भएको जानकारी दिनुभयो। शिक्षण अस्पतालको आकस्मिक कक्षमा आउने अधिकांश बिरामी डेङ्गुको लक्षण लिएर आउने गरेका छन्।

सम्बन्धित सामग्री

धादिङमा डेङ्गुका बिरामीले भरिए अस्पताल

जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् ।लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए। “दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन्”, उनले भने।बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेङ्गुका बिरामी भर्ना भएका

प्रतिनिधिसभा बैठक : डेङ्गु नियन्त्रण गर्न  माग

प्रतिनिधिसभाको बैठकमा सांसदले काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेङ्गु रोग नियन्त्रणका लागि  सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारको बैठकको शून्य समयमा सांसद मीना सुब्बाले उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामी दैनिकरुपमा बढ्दै गएको जनाउँदै बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गरिन् ।उनले त्रिवि शिक्षण अस्पताल, वीर, टेकु अस्पतालमा डेङ्गुका बिरामीले शय्या पाउन मुस्किल परेको अवस्था रहेको बताइन् । सांसद मैनाकुमारी भण्डारीले नागरिकता विधेयकमा सरकार संवेदनशील हुन नसकेको गुनासो

शून्य समय : डेङ्गु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेङ्गु रोग नियन्त्रणका लागि  सरकारको ध्यानाकर्षण गराएका छन् ।  आजको बैठकको शून्य समयमा सांसद मीना सुब्बाले उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामी दैनिकरुपमा बढ्दै गएको जनाउँदै बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गरे । उनले त्रिवि शिक्षण अस्पताल, वीर, टेकु अस्पतालमा डेङ्गुका बिरामीले शय्या पाउन मुस्किल परेको […]

शून्य समय : डेङ्गु नियन्त्रण गर्न माग

काठमाडौँ,१७ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेङ्गु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद मीना सुब्बाले उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामी दैनिकरुपमा बढ्दै गएको जनाउँदै बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गरिन्। उनले त्रिवि शिक्षण अस्पताल, वीर, टेकु अस्पतालमा डेङ्गुका बिरामीले शय्या पाउन मुस्किल […]

प्रतिनिधिसभाको शून्य समय : डेङ्गु नियन्त्रण गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेङ्गु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको शून्य समयमा सांसद मीना सुब्बाले उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामी दैनिकरुपमा बढ्दै गएको जनाउँदै बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले त्रिवि शिक्षण अस्पताल, वीर, टेकु अस्पतालमा डेङ्गुका बिरामीले शय्या पाउन मुस्किल […]

डेङ्गुविरुद्ध सक्रियता

केही दिनयतादेखि काठमाडाैँ उपत्यकालगायतमा डेङ्गुका बिरामी बढ्न थालेको पाइएको छ। उच्च ज्वरो आएर थलिएपछि मानिस हलचल नै गर्न नसक्ने अवस्थामा पुग्दा डेङ्गु त भएन ? भन्ने आशङ्काले पिरोल्छ। परीक्षण गर्दा लभगभ सबैलाई नै डेङ्गु भएको पाइएको छ। भदौ–असोजमा मौसमी प्रकोपका रूपमा यो रोग विगतमा पनि देखिन्थ्यो तर यति धेरै व्यापक भएको थिएन। यो पटक व्यापकै देखिन थालेको छ। डेङ्गुका कारण उपत्यकाका प्रायःजसो सबै ठूला अस्पताल बिरामीले भरिन थालेका छन्। यही क्रममा डेङ्गुका बिरामी बढ्दै जाँदा अस्पतालहरूमा उपचारका लागि शया पाउन समस्या पर्न सक्ने आशङ्कासमेत बढ्दो छ। यो अवस्था निश्चित रूपमा भयावह हुन सक्ने हुँदा सम्बद्ध निकाय समयमै सचेत भई निराकरणका उपाय खोज्नुपर्ने हुन्छ।