देशभर प्रदर्शन चर्किएपछि बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने सम्भावना बलियो रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबारदेखि बंगलादेशमा आन्दोलन पुन: चर्किएको हो । आइतबार मात्र कम्तीमा ९६ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ ।