अर्थतन्त्र सहज नभए पनि आत्तिनुपर्ने अवस्थामा छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र सहज नभए पनि आत्तिहाल्नुपर्ने अवस्थामा नभएको बताउनुभएको छ । अर्थतन्त्र चलायमान बनाउन वर्तमान सरकारको ध्यान केन्द्रित भएको भन्दै उहाँले ब्याजदरलाई एकल बिन्दुमा ल्याउन पहल भइरहेको र मुलुक झन्डै १० महीनाका लागि आयात धान्न सक्ने अवस्थामा रहेको बताउनुभयो । काठमाडौंमा आइतवार नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिलाई सरकारले उच्च महत्त्व दिएको बताउनुभयो । ‘भौतिक पूर्वाधारको विकास, विस्तार गर्ने निर्माण व्यवसायी समृद्धिका वाहक हुन्,’ उहाँले भन्नुभयो, ‘व्यवसायीका जायज माग सम्बोधन गरिनेछ भने व्यवसायीले पाउनुपर्ने भुक्तानीको समस्या पनि समाधान गरिनेछ ।’ यसैगरी निर्माण उद्योगसँग सम्बन्धित ऐन/नियम संशोधन गर्दा अब अनिवार्य रूपमा निर्माण व्यवसायीसँग परामर्श गरिने उहाँको भनाइ थियो । निर्माण व्यवसायीलाई पनि आफ्ना गल्ती कमजोरी महसूस गर्दै अघि बढ्न उहाँले ध्यानाकर्षण गराउनुभयो । सबैभन्दा बढी पूँजीगत खर्च गर्ने भौतिक पूर्वाधार क्षेत्रको खर्च बढाउन र भुक्तानी पनि समयमै दिने विषयमा सरकारको ध्यान गएको उहाँले बताउनुभयो । सो अवसरमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकार व्यवसायीसँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । निर्माण उद्योगका समस्याबारे आफू जानकार रहेको भन्दै श्रेष्ठले त्यस्ता समस्या समाधानका लागि नीतिगत रूपमै पहल भइरहेको बताए । ‘निर्माण व्यवसायीले काममा गरेको उपेक्षाका विषयमा सरकार टुलुटुलु हेरेर बस्दैन,’ उनले भने, ‘आफूले लिएको काम ठेक्का सम्झौता अवधिभित्रै सम्पन्न गर्ने गरौं ।’ सरकारले निर्माण व्यवसाय क्षेत्रका समस्या समाधानका लागि सघाउने उनले बताए । उचित कारण हुँदासमेत समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीको ठेक्का तोडिने चेतावनी समेत उनले दिए । कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीको मागका विषयमा सरकारको ध्यानाकर्षण गराए । व्यवसायीका जायज माग पूरा नभए आन्दोलनमा जानुको विकल्प नभएको पनि उल्लेख गरे । ‘व्यवसायीको अर्बौं रकम भुक्तानी रोकिएको छ,’ उनले भने, ‘साथै ऐन कानूनअनुसार पाउनुपर्ने मोबिलाइजेशन पेश्की व्यवसायीले नपाएकाले काम गर्ने वातावरण छैन ।’ साधारणसभाको अवसरमा महासंघका पूर्व अध्यक्षहरू सुकुन्तलाल हिराचन, जयराम लामिछाने लगायतले धारणा राखेका थिए । अहिले चाहेर पनि निर्माण व्यवसायीले काम गर्ने अवस्था नरहेको उनीहरूको भनाइ थियो । साधारणसभाको अवसरमा महासंघको मुखपत्र ‘निर्माण विशेषांक’को विमोचन गरिएको छ । साथै महासंघले ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि वितरण गरेको छ ।

सम्बन्धित सामग्री

एमालेको चियापनमा प्रधानमन्त्री दाहाल पनि सहभागी

एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (बुधबार) भइरहेको चियापनमा प्रधानमन्त्री दाहाल पनि सहभागी भएका हुन्।...

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री दाहाल

छेन्दु- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु आइपुगेका छन्। प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु आइपुगेका हुन्। उनलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरे। छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम […]

प्रधानमन्त्री दाहाल र ओलीबीच मन्त्रालय बाँडफाँडबारे छलफल

काठमाडौं, २७ पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगेका हुन् । सो भेटवार्तामा सरकारलाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री दाहाल गोरखाको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएलगत्तै ओलीसँग भेटवार्ता भएको हो […]

प्रधानमन्त्री दाहाल गृहनगर चितवनमा

चितवन :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक उनी गृहजिल्ला चितवन आएका हुन्। प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव ६०औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्न यहाँ आएका हुन्। हीरक महोत्सवमा सहभागी भई उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तर मापन केन्द्रको परीक्षणमा देशकै दोस्रो विद्यालय हो। हालै गरिएको परीक्षणमा १०० अङ्कमा ९३.०५ अङ्क प

प्रधानमन्त्री दाहाल चितवनमा

प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६० औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न चितवन पुगेका हुन्।...

प्रधानमन्त्री दाहाल चितवनमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उनी गृहजिल्ला चितवन आएका हुन् । प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव–६० औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न यहाँ आएका हुन् ।हीरक महोत्सवमा सहभागी भई उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तर मापन केन्द्रको परीक्षणमा देशकै दोस्रो विद्यालय हो । हालै गरिएको परीक्षणमा १०० अङ्कमा ९३.०५ अङ्क प्राप्

प्रधानमन्त्री दाहाल गृहजिल्ला चितवनमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउनुभएको छ । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उहाँ गृहजिल्ला चितवन आउनुभएको हो । प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव ९६०औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्न यहाँ आउनुभएको हो । हीरक महोत्सवमा सहभागी भई उहाँ आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय […]

बालुवाटार सरे प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटार सर्नुभएकाे छ । ज्योतिषले दिएको साइतमै प्रधानमन्त्री दाहाल बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सर्नुभएकाे हाे । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका प्रचण्ड आज मात्रै सरकारी निवास बालुवाटार सर्नुभएकाे हाे ।

प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार प्रवेश (फोटोफिचर)

काठमाडौं, १३ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि आफ्नै निजी निवास खुमलटारमा बस्दै आएका प्रधानमन्त्री दाहाल भर्खरै बालुवाटार प्रवेश गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम