काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीले आज मरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।
खेल बेलुका पौने पाँच बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । आजको खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दुई खेलाडी परिवर्तन गरेका छन् । डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको ठाउँमा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ ।
यसअघि गएको शनिवार भएको पहिलो खेलमा नेपालले मरिससलाई १–० ले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । पहिलो मैत्रीपूर्ण खेलमा...