बेलायतमा नेपालीद्वारा सञ्चालित दुई गहना पसलमा चोरी

बेलायतमा नेपालीहरूद्वारा सञ्चालित  दुई गहना पसल लुटिएका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलरीमा बिहीबार राती ३ बजेतिर लुटपाट भएको हो ।  स्थानीय रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेका अनुसार लुटेराहरूको गाडीले हानेर सटर फुटाएर गरगहना लुटेका थिए । प्रहरी आएपछि लुटेराहरूले प्रयोग गरेको गाडी घटनास्थलमै छाडेर भागेका छन् । सोही स्थान निवासी शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष एवम् पत्रकार वाचस्पति रेग्मीका अनुसार घटना

सम्बन्धित सामग्री

तीन करोडको सुन चोरीमा संलग्न ३ भारतीय नागरिक पक्राउ

बुटवलको एक सुन पसलमा चोरी गर्ने लुटेरालाइ रुपन्देही प्रहरीले पक्राउ गरी सर्वाजनिक गरेको छ। बुटवलको एक सुन पसलबाट ३ करोड बढीको गहना चोरी गर्ने ३ जना भारतीय नागरिकलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।...

बुटवलको एक सुनपसलबाट ४ किलो सुन चोरियो

बुटवल-रुपन्देहीको एक सुनचाँदी पसलमा चोरी भएको छ। बुटवल उपमहानगरपालिका–६ बीपी चोकस्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले दुई किलो सुनका गहना, दुई किलो २५ तोला काँचो सुन र नगद ५ लाख चोरी भएको जानकारी दिए। लुटेरा समूहले पसलमा तोडफोड गर्न वेल्डिङ्ग मेसिन प्रयोग गरेको भेटिएको […]