काठमाडौं : नेपाली साहित्य क्षेत्रमा पत्रकारले पनि सक्रियतापूर्वक कलम चलाउन थालेका छन्।लेखन पेशामै लागिरहेका पत्रकारहरु पछिल्लो समय आख्यान र गैरआख्यानका कृति प्रकाशनमा प्रतिस्पर्धा गरिरहेका छन्।यही मेसोमा चिनियाँ अन्तरराष्ट्रिय रेडियो सिआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यको उपन्यास 'रुइबा' फिनिक्स बुक्सले बजारमा ल्याएको छ।नेपाली परिवेश र चिनियाँ परिवेशलाई यो उपन्यासले सँगसँगै प्रस्तुत गरेको छ। धादिङ जिल्लाको तामाङ समाजबाट सुरु भएको उपन्यास विभिन्न घुम्ती पार गर