काठमाण्डाै – सरकारले कोरोना भाइरसविरुद्धको खोपको एक मात्राले पनि काम गर्ने हुँदा नआत्तिन आग्रह गरेको छ । ज्येष्ठ नागरिकले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा पाएको १२ हप्ता भइसक्दा पनि दोस्रो मात्रा नपाएको गुनासो बढिरहेका बेला सरकारले एक मात्राले पनि काम गर्ने हुँदा नआत्तिन आग्रह गरेको हो ।
खोपको पहिलो मात्रा लगाएको ६ महिनासम्म शरीरमा रोगसँग लड्ने क्षमता एन्टिबडी बन्ने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो । उहाँका अनुसार एक मात्रा मात्रै लगाएकाहरूलाई कोरोना भाइरसको सङ्क्रमण भ...