मकवानपुरमा गठबन्धनले टुंग्यायो भागवण्डा

सत्ता गठबन्धनले मकवानपुर जिल्लाको सबै स्थानीय तहको भागवन्डा टुंग्याएको छ । आइतबार बसेको पाँच दलीय गठबन्धनको बैठकले ९ वटै पालिकाको प्रमुख र उपप्रमुखको भागवण्डा टुंगो लगाएको हो ।

सम्बन्धित सामग्री

सरकारमा सहभागी हुने दलको टुंगो नलागेसम्म मन्त्रालयको भागवण्डा नहुने

सरकारमा सहभागी हुने राजनीतिक दलको टुंगो लागेपछि मात्रै मन्त्रालयको भागवण्डा टुंग्याइने भएको छ ।

कोशीमा भागवण्डा मिल्यो, मन्त्रिपरिषद् विस्तार तिहारपछि

२५ कात्तिक, विराटनगर । कोशीमा सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदमा भागवण्डा टुंग्याएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले भागवण्डा टुंगो लगाए पनि मन्त्रिपरिषद विस्तार भने तिहारपछि मात्रै गर्ने सहमति छ । मुख्यमन्त्री केदार कार्कीनिकट स्रोतका अनुसार प्रदेशका ९ मन्त्रालयमध्ये नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार वटा राख्ने छ । नेकपा माओवादी केन्द्रले ३ र नेकपा […]

बागमतीका मुख्यमन्त्रीले कांग्रेसलाई लगाए मन्त्रालय भागवण्डा

बागमती प्रदेशमा गठबन्धन दलहरूबीच मन्त्रालय भागवण्डा लामो समयदेखि अलपत्र रहेकामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपाली कांग्रेसलाई मन्त्रालय भाग लगाइदिएका छन् ।

गण्डकीमा टुंगियो मन्त्रालयको भागवण्डा, कसलाई कुन मन्त्रालय ?

गण्डकीमा नवनियुक्त चार जना मन्त्रीको शपथसँगै गठबन्धनका दलबीच मन्त्रालयको भागवण्डा टुंगो लागेको छ ।

गुल्मीको मालिका गाउँपालिका उम्मेदवारमा गठबन्धनले टुंग्याए भागवण्डा

गुल्मीको मालिका गाउँपालिकामा सत्ता गठबन्धनका तीन राजनीतिक दलले स्थानीय तह निर्वाचनको उम्मेदवारको भागवण्डा टुंग्याएका छन् ।

मन्दिर सञ्चालक समितिमा पनि दलीय भागवण्डा

काठमाडौं । नेपालमा दलीय भागवण्डा कति ब्यापक र तल्लो तहसम्म पुगेको छ भन्ने उदाहरण अर्घाखाँची जिल्लामा देखिएको छ । अर्घाखाँचीको प्रसिद्ध सुपा देउराली मन्दिरका सञ्चालक समितिमा पनि दलीय भागवण्डा गरिएको छ । सुपा देउराली मन्दिरको संचालक समितिका लागि केही दिन अघि भएको भेलाले नेपाली काँग्रेस र नेकपा एमालेबीच डेढ-डेढ बर्ष सञ्चालक समितिको अध्यक्षता गर्नेगरि भागवण्डा […]

राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनको भागवण्डा

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनले भागवण्डा मिलाएका छन् । भोलि मंगलबार उम्मेदवारी दर्ता गर्नुअघि आज गठबन्धनको बैठकले भागवण्डा मिलाएका हुन् । सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो । बैठकले कांग्रेसको भागमा ६, माओवादी केन्द्र र …

न्यायपालिकासँग भागवण्डा गरेर शासन चलिरहेको छ : मैनाली

काठमाडौं : नेकपा मालेका महासचिव सिपी मैनालीले अहिले न्यायपालिकासंग भागवण्डा गरेर शासन चलिरहेको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै मैनालीले यसले शक्ति पृथकीकरणको सिद्धान्तमा नै प्रश्न खडा गरेको बताए। ‘हिजो सत्तापक्षले प्रमुख प्रतिपक्षसँग भागवण्डा गरेर शासन चलाउँथ्यो, आज न्यायपालिकासँग भागवण्डामा गरेर शासन चलिरहेको छ।’ उनले भने, ‘न्यायपालिकाले कार्यकारीसँग भागवण्डा लिन्छ र न्याय गर्छ भने त्यो निश्पक्ष होला? हुँदैन।’&n

‘मन्त्रालयको भागवण्डा मिल्नसाथ जसपा सरकारमा सहभागी हुन्छ’

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता मोहम्मद इस्तियाक राईले सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालयको भागवण्डा मिल्नासाथ जसपा सरकारमा सहभागी हुने बताए। अहिलेसम्म सरकार सञ्चालन कार्यविधि नबनेको,मन्त्रीको आचारसंहिता नबनेको,न्यूनतम साझा कार्यक्रम नबनेको तथा मन्त्रालय भागवण्डा नटुंगीएको भन्दै यि विषय टुंगीनसाथ सरकारमा सहभागी हुने उनले बताए। जसपाले कतिजना मन्त्री पठाउने, कुन मन्त्रालयमा को पठाउने दलहरुबीच मन्त्रालय भागवण्डापछि मात्रै टुंगो लाग्ने नेता राईको भनाई थियो।