चिया उद्योगलाई ट्रेडमार्क वितरण

अर्थोडक्स चियाको क्षेत्रमा जिल्लाबाहिरका छ वटा उद्योगलाई धनकुटामा ट्रेडमार्क वितरण गरिएको छ । टे«डमार्क पाउने उद्योगमा भोजपुर जिल्लास्थित गरस चिया उद्योग, इलाम जिल्लास्थित सिल्भर माउन्टेन टी इन्डस्ट्रिज प्रालि, फार्मर टी प्रोसेसिङ इन्डस्ट्रिज, सिद्धदेवी टी स्टेट प्रालि, नोर्लिग स्पेसियालिटी टी प्रालि, ला मण्डला स्पेसियालिटी टी रहेका छन् ।

सम्बन्धित सामग्री

थप १२ चिया उद्योगले पाए ट्रेडमार्क

झापा-मुलुकका थप १२ वटा चिया उद्योग तथा विक्रेताले नेपाली चियाको ट्रेडमार्क पाएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले थप १२ वटा चिया कम्पनीलाई ट्रेडमार्क उपलब्ध गराएसँगै अब २४ वटा उद्योगले नेपाली अर्थोडक्स चिया आफ्नै लोगोसहित विश्व बजारमा निर्यात गर्नेछन् ।चियाको पहिचान विश्व बजारमा स्थापित गर्नका लागि बोर्डको निर्देशिका अनुसार मापदण्ड पूरा गरेका चिया […]

थप १२ उद्योग र बिक्रेतालाई नेपाली चियाको ट्रेडमार्क

इलाम : नेपाली चियाको ट्रेडमार्क पाउने उद्योगको संख्या २४ पुगेको छ। गत वर्ष १२ उद्योग र बिक्रेताले ‘नेपाल टि क्वालिटी फ्रम दि हिमालयज’ नामक ट्रेडमार्क पाएका थिए। यस वर्ष थप १२ जनाले पाएका छन्।इलाम, पाँचथर र मोरङका चिया उद्योग र बिक्रेतालाई ट्रेडमार्क दिइएको हो। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले संयुक्त रुपमा ट्रेडमाक हस्तान्तरण गरे।अर्गानिक प्रमाणीकरण भएका तीनजुरे चिया उद्योग, नेपाल स्मल टि, लक

अर्थोडक्स चियाको ब्राण्डिङ गर्न ट्रेडमार्कको तयारी

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चियाको लोगो ‘ट्रेडमार्क’ कार्यान्वयन चरणमा केही चिया उद्योग तथा व्यवसायीलाई सिफारिस गरेको छ । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ ले तय गरेको मापदण्ड पूरा गरेका केही चिया उद्योगलाई लोगो प्रदान गर्ने तयारी सुरु गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।